भ्रमण वर्ष २०२० लक्षित गरी सिन्धुपाल्चोकमा विविध कार्यक्रम

रूपक पुरी
लोकप्रिय समाचार
भ्रमण वर्ष २०२० लाई लक्षित गरी सिन्धुपाल्चोकमा विभिन्न कार्यक्रम गरिने भएको छ । पर्यटकीय क्षेत्रमा घुम्न आउने स्वदेशी तथा विदेशी पर्यटकहरूलाई लक्षित गरेर एक सातासम्म जिल्लामा सञ्चालित होटल तथा रिसोर्टहरूमा ३० प्रतिशत छुट दिने निर्णय गरिएको छ । भ्रमण वर्षको सुरुवात १ देखि ७ जनवरीसम्म जिल्लाका सबै होटल तथा रिसोर्टलाई छुट गर्न आग्रह गरिएको जिल्लास्तरिय भ्रमण वर्षका संयोजक एवं जिल्ला समन्वय समितिका प्रमुख कृष्णगोपाल तामाङले बताउनुभयो । जिल्लामा खेलिने बञ्जिजम्प, ¥याफ्टिङ, कायाकिङ, तातोपानि स्नान लगायतमा पनि पर्यटकले यो सुविधा पाउने भएका छन्। एक सातासम्म जिल्लाका होटल तथ रिसोर्टहरूमा विभिन्न जाति विशेषका मौलिक कला र सस्कृतिको प्रस्तुति देखाउने व्यवस्था मिलाईने पर्यटन ब्यवसायी मिलन तामाङले बताउनुभयो । पर्यटन वर्षलाई लक्षित गरि मेलम्ची नगरपालिका ९ ज्यामिरेको गुफाडाँडामा हुन लागेको जलवायु दिवसको तयारी पनि अन्तिम चरणमा पुगेको मेलम्ची नगरपालिकाका मेयर डम्बर बहादुर अर्यालले जानकारी दिनुभयो ।

,