आप्रवासी कामदार दिवसमा सिपामा विविध कार्यक्रम

लोकप्रिय समाचार
सकभर आफ्नै देशमा काम गरौँ सिप सिकौँ र स्वरोजगार बनौँ । विदेशमा गएर पैसा कमाउन सजिलो छैन । त्यसैले अरुको लहैलहैमा लागेर विदेश जाने काम बन्द गरौँ भन्दै आफ्नो ठाउँमा उत्पादनमूलक काम गर्नका लागि नगरपालिकाले उत्पादन तथा स्वरोजगारमा सहयोग गरिरहेको चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख अमानसिं तामाङले बताउनु भएको छ ।

उहाँले  स्थानीय स्तरमा भएका स्रोत र साधनलाई प्रयोग गरेर उत्पादनमूलक काममा लाग्न नगरवासीलाई अनुरोध समेत गर्नु भएको छ । उहाँले “सीप र रोजगार ः आर्थिक समृद्धिको आधार” भन्ने मूल नाराका साथ आप्रवासी कामदार दिवस २०१९ को अवसरमा बुधबार चौतारामा गरिएको अन्र्तक्रिया कार्यक्रममा यस्तो बताउनु भएको हो ।
चौतारा साँगाचोकगढी नगरपालिकाभित्रका वडा विकास समिति तथा टोल विकास समितिका पदाधिकारीहरुसँग सुरक्षित वैदेशिक रोजगारका बारेमा विशेष अन्र्तक्रिया कार्यक्रममा नगरप्रमुख तामाङले सही सूचना र सिपको प्रयोग गरौँ भन्नुभयो । यसैगरी उक्त कार्यक्रममा नगरपालिकाका उपसचिव (नवौँ तह) विदुर कुमार धिमालले वैदेशिक रोजगारमा जाँदा सही सूचना र उपयोगी सिप लिएर मात्र वैदेशिक रोजगारमा गए सुरक्षित हुने सबैलाई अनुरोध गर्नुभयो ।
सोच विचार गरेर आफू कुन ठाउँमा जाँदै छु र के काम गर्दैछु भन्ने स्पष्ट भएर मात्रै    बाँकी पृष्ठ २ माजान समेत आग्रह गर्नुभयो । “सीप र रोजगार ः आर्थिक समृद्धिको आधार” सहितको मुल नारा सहित देशभरि नै प्रवासी कामदारको हकहितका विषयमा विविध कार्यक्रमहरु गरी आप्रवासी कामदार दिवस २०१९ मनाइएको हो । यसै सिलसिलामा सिन्धुपाल्चोक जिल्लामा पनि यो दिवस मनाउने क्रममा अन्र्तक्रिया कार्यक्रम गरिएको हो । यसअघि चौतारा साँगाचोकगढी नगरपालिका अन्तर्गत रहेको टुँडिखेलमा विभिन्न सूचनामूलक सन्देश प्रचारप्रसार कार्यक्रम गरिएको थियो ।
कार्यक्रममा सकभर आफ्नै देशमा काम गरौं, विदेशमा गएर पैसा कमाउन सजिलो छैन’, ‘अरुको लहैलहैमा वैदेशिक रोजगारीमा नजाऔं’, ‘सीप सिकेर मात्र वैदेशिक रोजगारीमा जाऔं’ लगायतका सन्देशमूलक नाराहरु सहित तीन दिने प्रचार प्रसार गरी आप्रवासी कामदार दिवस २०१९ मनाइएको सामी परियोजनाका जिल्ला संयोजक अरुण पौडेललले जानकारी दिनुभयो।
उहाँका अनुसार जिल्लाका चौतारा साँगाचोकगढी नगरपालिका, बाह्रबिसे नगरपालिका, पाँचपोखरी थाङपालधाप गाँउपालिका र हेलम्बु गाउँपालिकाको संयुक्त आयोजनामा र प्राविधिक सहयोग हेल्वेटास स्विस ईन्टरक ओपरेसन नेपाल र सेवा प्रदायक संस्था जनहित ग्रामिण सेवा समितिको अगुवाइमा यो दिवस मनाइएको छ । 



सरोकारवालाका सहभागितामा सुरक्षित आप्रवासनसम्बन्धी सचेतना फैलाउने उद्देश्यले चौतारा साँगाचोकगढी नगरपालिका वडा नं १ को श्री सेती देवी मा.वि र वडा नं ४ को श्री कालिका देवी मा.विमा सुरक्षित आप्रवासन सम्बन्धी कक्षा ८, ९, १० का विद्यार्थी तथा शिक्षकहरुसँग अन्तरक्रिया कार्यक्रम समेतको आयोजना गरिएको थियो । पछिल्लो एक दशकको अवधिमा वैदेशिक रोजगारीमा रहेकामध्ये झण्डै साढे सात हजारभन्दा बढी आप्रवासी नेपाली कामदारले ज्यान गुमाएको वैदेशिक रोजगार बोर्डले जनाएको छ ।
वैदेशिक रोजगार बोर्डको अनुसार सार्वजनिक गरेको एक तथ्याङ्कअनुसार आर्थिक वर्ष २०६५÷६६ देखि २०७५÷७६ सम्म आइपुग्दा सात हजार ४ सय ५५ नेपाली कामदारले विभिन्न कारणबाट ज्यान गुमाएका छन् । यस अवधिमा १ सय ७१ महिला र सात हजार २ सय ८४ पुरुषले ज्यान गुमाएका छन् । आप्रवासी कामदारको अधिकारलाई प्रमुखताका साथ उठाइरहँदा कामदारको स्वास्थ्यसम्बन्धी विषय पछिल्लो समय ओझेलमा परेको छ ।
आप्रवासी कामदारको स्वास्थ्य तथा व्यवसायजन्य सुरक्षाका क्षेत्रमा स्रोत तथा गन्तव्य मुलुकले उचित ध्यान दिन सकेका छैनन् । आप्रवासी कामदार दिवस २०१९ को सन्दर्भ पारेर विश्वभर प्रवासी कामदारको हकहितका विषयमा विविध कार्यक्रम गरिँदै आएकोमा सिन्धुपाल्चोक जिल्लामा पनि आप्रवासी कामदार दिवस २०१९ को सन्दर्भ पारेर यो दिवस मनाइएको हो ।

,