संस्कृतिको जगेर्नामा मातृभाषा सिक्दै भोटेनाम्लाङका गुरुङहरु

रुपक पुरी
लोकप्रिय समाचार
सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका ७ भोटेनाम्लाङका गुरूङहरू संस्कृतिको जगेर्ना गर्न मातृभाषा सिकिरहेका छन् ।

तमु धि बेल्जियमको सहयोगमा भाषा कक्षा सञ्चालन गरिएको छ । तिन महिनासम्म सञ्चालन हुने भाषा कक्षामा गुरूङ भाषाविद गम बहादुर गुरूङ र निम बहादुर गुरूङले प्रशिक्षण दिईरहनुभएको छ । गुरूङ समुदायको पहिचान भाषा भएकाले यसको जगेर्ना गर्न प्रशिक्षणको आयोजना गरिएको पाँचपोखरी थाङपाल गाउँपालिकाका जनजाति महासंघका अध्यक्ष समेत रहनु भएका मदन गुरूङले बताउनुभयो । तमु धि बेल्जियमका महासचिव गडुलध्वज गुरूङले आफ्नो जन्मथलो भएकाले संस्कृति र आफ्नो पहिचानको लागि भाषा कक्षा सञ्चालन  गरिएको बताउनुभयो । उहाँले आगामि दिनमा अन्य संस्कृति र परम्परागत नाचहरूको पनि प्रशिक्षण गर्न सहयोग गर्ने समेत बताउनुभयो ।

,