खानेपानीसँगै उपभोक्ता समितिको भवन निर्माण

लोकप्रिय समाचार
सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम  समेत रहेको चौतारा साँगाचोकगढी नगरपालिकाको सबै भन्दा ठुलो योजना जाडेखोला टुनिबोटे हर्रे साँगाचोक लिफ्ट खानेपानी योजनाको काम करिब सत्तरी प्रतिशत भन्दा बढी सम्पन्न भएको छ । जम्मा ख ७६ किलो मिटर पाईपलाइन राख्न पर्नेमा ६० किलोमिटर पाइप लाईन राख्ने काम सम्पन्न भइसकेको छ । उक्त योजनामा १४ वटा रिजर्ब टयाङ्कि निर्माण सम्पन्न भइसकेको छ भने अब रङ्ग रोघन गर्न मात्र बाँकी रहेको छ ।

खानेपानीको योजना सम्पन्न गरे सँगै उपभोक्ता समितिको कार्यलय भवन निर्माण पनि सम्पन्न गर्ने योजनाका साथ अगाडी बढेको उक्त कार्यको अन्तिम चरणमा पुगिसकेको छ । उपभोक्ता समितिको कार्यालय भवन पनि करिब करिब अन्तिम चरणमा पुगेको छ । खानेपानी मुहानमा पानी प्रशोधन केन्द्र फिल्टर निर्माण कार्य पनि मध्य स्तरमा भइरहेको जाडेखोला टुनिबोटे हर्रे साँगाचोक लिफ्ट खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष दधिराम पराजुलीले बताउनु भयो । चौतारा साँगाचोकगढी नगरपालिकाको वडा नं  १०, ११ र  १२ का सबै वडाका करिब २२०० घर धुरिलाई एक घर एक धारा पानी वितरण गरिने छ । यसै वर्षको सुख्खायामको समयमा पानी वितरण गर्ने योजनाका साथ अगाडि बढेको जाडेखोला टुनिबोटे हर्रे साँगाचोक लिफ्ट खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष दधिराम पराजुलीले बताउनु भयो । सङ्घिय  खानेपानी तथा ढल निकास आयोजना सुख्खा ग्रस्त क्षेत्र अन्तरगत ३४ करोडको  लागतमा निर्माण हुन लागेको हो । सगरमाथा डिलिङ्ग कन्डक्शन प्रालिले ठेक्का लिएर उक्त योजनाको काम गर्दै आइ रहेको छ । चौतारा साँगाचोकगढी नगरपालिकामा खाने पानीको हाहाकार भइरहेको अवस्थामा यो ओजनाले  ठुलो राहात दिन लागेको स्थानीय समाज सेवी तथा उपभोक्त हरिबहादुर भारतीले बताउनु भयो ।  अर्का उपभोक्ता तिर्थ राज गिरीले यो काम अति महत्वपुर्ण रहेको र यस कामका लागी पहल गर्ने सबैले ठुलो पुण्य कमाएको बताउनु भयो । सिन्धुपाल्चोक जिल्लाको १२ वटा स्थानीय तह मध्ये जिल्लाको सदरमुकमाम समेत रहेको चौतारासाँगाचोक गढी नगरपालिकाका यी वडाहरुमा रहेका नागिरकहरुले यसरी खानेपानीको समस्या समधान गर्न रात दिन लागि पर्ने हाल वडा सदस्य समेत रहनुभएका समितिका अध्यक्ष पराजुली लगायत  यस कार्यमा सहयोग गर्नुहुनेलाई जति  सम्मान गरे पनि नपुग्ने स्थानीयहरुको भनाई रहेको छ । हाल खानेपानीको ट्याङ्कि को निर्माण कार्य अन्तिम चरणमा पुगेको छ भने उपभोक्ता समितिको कार्यलय भवन समेतको निर्माण कार्य अन्तिम चरणमा पुगिसकेको कारण यही गतीमा काम भएको खण्डमा यसै बर्षको सुख्खा समयमा  पानी वितरण गर्न सहज हुने भएका कारण पनि स्थानीयहरु बढी खुशी देखिएका छन । कतिपय स्थानहरुमा ठेकेदारहरुले समयमा काम गर्न नसकेको भनी गुनासो भइरहँदा साँगाचोकको खानेपानीको ठेकेदार सगरमाथा डिलिङ्ग कन्डक्शन प्रालिले छिटै काम सम्पन्न गर्न लागेकोमा स्थानीयहरु उक्त ठेकेदार कम्पनीलाई समेत बिशेष सम्मान गर्न पर्ने  स्थानीय उपभोक्ता श्याम पराजुलीले बताउनु भयो । चौतारा साँगाचोकगढी नगरपालिकामा मात्र होईन जिल्लाको १२ स्थानिय तहलाई खानेपानीको सुिवधा पुर्याउनका लागि जिल्लाका सबै सरोकारवालाहरु लागि परेका छन । पुर्व मन्त्रि माननीय शेर बहादुर तामाङ्गले त सिन्धुपाल्चोक जिल्लालाई खानेपानी समस्यामुक्त जिल्ला बनाउन पर्ने कुनै पनि वडा होईन सिन्धुपाल्चोकको कुनै पनि घरमा खानेपानीको समस्या हुन नहुने भन्दै यो समस्या समाधान नभइ मेलम्ची खानेपानी काठमाण्डौ लगेमा यसको स्थायित्व हुन नसक्ने समेत बताउनु भएको छ ।

,