सिन्धुपाल्चोकमा भ्रमण वर्षमा होटलमा ३० प्रतिशत छुट

श्याम बहादुर श्रेष्ठ
लोकप्रिय समाचार
नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरि सिन्धुपाल्चोक जिल्लामा रहेको विभिन्न होटेल तथा रिर्सोटहरुमा आउने पर्यटकलाई ३० प्रतिशत  छुट दिइने निर्णय भएको छ । १ जनवरी २०२० देखि ७ जनवरी सम्म सिन्धुपाल्चोक जिल्लामा रहेका प्रत्येक होटेल तथा  रिर्साेटमा उपलब्ध सबै सेवाहरुमा छुट दिइने भएको छ। सिन्धुपाल्चोक जिल्लामा धेरै पर्यटक भित्रर्याई नेपाल भ्रमण वर्ष सफल बनाउनका लागी आउने आन्तरिक तथा बाहिरी पर्यटकलाई छुट दिने निर्णय गरिएको छ । होटलमा खाना , आवासका साथै विभिन्न एड्भेन्चरमा समेत छुट दिइने निर्णय गरिएको जिल्ला स्तरिय भ्रमण वर्ष सचिवालयका सं योजक एवं जिल्ला समन्वयका समितिका प्रमुख कृष्ण गोपाल तामाङले जानकारी दिनुभयो । नेपाल भ्रमण सम्वन्धि वंैठमा व्यवसायीहरुसंग गरिएको वैठकमा व्यवसायिहरु नै उत्साहित भएका छन् । सचिवालयका संयोजक कृष्ण गोपालका अनुसार व्यवसायीहरु होटलमा मात्रै नभई जिल्लामा रहेका पर्यटकीय साहसिक खेलहरु वञ्जीजम्प, ¥याफ्टीङ, कायाकिङ तातोपानी स्नान लगायतमा पनि पर्यटकहरुले छुटको सुविधा पाउने निर्णय गरिएको छ ।


,