बाइस वर्षपछि फरार अपराधी पक्राउ

लोकप्रिय समाचार
जिल्ला प्रहरी कार्यालयले फरार प्रतिवादी पक्राउ अभियान अन्तर्गत २२ वर्षपछि हाडनाताकरणी मुद्दाका फरार अपराधी पक्राउ गरेको छ । धादिङ जिल्ला अदालतबाट २०५४ वैशाख ३१ गतेको फैसलाले १० महिना कैद र रु.१०००÷– (एक हजार) जरिवाना भएको हाडनाता करणी मुद्दाका फरार प्रतिवादी धादिङ जिल्ला साविक सुनौलाबजार गा.वि.स. वडा नं. ४ हाल नीलकण्ठ नगरपालिका वडा नं.५ देउरालीछाप  बस्ने वर्ष ५३ को अम्बर बहादुर राना मगरलाई २०७६ मंसिर २२ गते प्रहरीद्वारा पक्राउ गरी धादिङ जिल्ला अदालतमा पेश गरि कैद भुक्तानको लागि कारागार चलान भएको प्रवक्ता र सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रुपक खडकाले बताउनु भयो ।