मेलम्ची नपा १२ गिरानचौरमा सुविधा सम्पन्न पुस्तकालय

लोकप्रिय समाचार
मेलम्ची नगरपालिका १२ गिरानचौरमा सुविधा सम्पन्न पुस्तकालय बनेको छ । १ करोड रूपैयाँमा पुस्तकालय तथा ६४ लाख रूपैयाँमा पुस्तक तथा अन्य सामग्री व्यवस्थापन गरिएको छ ।
सो पुस्तकालय विनाशपछिको विकास परियोजना अन्तर्गत रिड नेपालको सहयोग तथा धुर्मुस फाउन्डेसनको समन्वयमा निर्माण गरिएको मेलम्ची नगरपालिकाका मेयर डम्बर बहादुर अर्यालले बताउनुभयो । गिरानचौरमा एकीकृत बस्ती बनाइएको छ । स्थानीय समुदायको सक्रियता बनेको पुस्तकालय औपचारिक रूपमा उद्घाटन गरि समुदायलाई हस्तान्तरण गरिएको अर्यालले बताउनुभयो ।

, ,