लोकप्रिय समाचार
सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिका वडा नं १३ वडास्तरीय महिला सञ्जालले मंसिर १३ गते भएको घटनाको दोषीलाई कारवाही गर्न माग गरेको छ । महिला सञ्जालले सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिका वडा नं १३ ठूलोसिरुवारी बाँस्वारा बस्ने परिवर्तित नाम चौतारा (ञ) २०७६ साल मंसिर ०७ गतेका दिन काठमाडौँबाट आफन्त परिवर्तित नाम चौतारा म् सँग मोटरसाइकलमा आउने क्रममा जंगलको एकान्त ठाउँमा पटक–पटक बलात्कार गर्न प्रयास गरेको कारण खुलाई २०७६ मंसिर १२ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गरेपश्चात् पिडकको तर्फबाट घरपरिवारका साथै आफूलाई विभिन्न धम्की आएको बताउने गरेको र सोको भोलिपल्ट दिनको अन्दाजी ३ः०० बजे आफ्नै घरको चोटाको बलोमा नाइलनको डोरी पासो लगाई झुण्डिएर आत्महत्या गरेको अवस्थामा फेला पारिएको थियो। मृत्युको मुख्य कारण पिडक परिवर्तित नाम चौतारा म् हो भनी उल्लेख भएको सुसाइड नोट समेत प्रहरीले मृतकबाट फेला पारेको थियो । दोषीलाई कानुन बमोजिमको हदैसम्मको कारवाहीको माग दावी गरी जिल्ला अदालत सिपामा मुद्दा दायर गरिएको बताउँदै नगर महिला सञ्जाल, वडा महिला सञ्जालद्वारा दोषीमाथि कडा कारवाहीको माग सहित ज्ञापन पत्र समेत बुझाइएको वडा महिला सञ्जाल वडा नं १३ का अध्यक्ष शारदा गिरीले बताउनु भयो । मृतक परिवर्तित नाम चौतारा (ञ) १३ नं वडाको महिला सञ्जालको सचिव रहेको अध्यक्ष गिरीले बताउनु भयो । अदालती प्रक्रिया चलिरहेको अवस्थामा राजनीतिक पहुँचवाला व्यक्तिहरुबाट नै पिडकलाई उन्मुक्ति दिने गरी विभिन्न हर्कत भएको आफूलाई जानकारीमा आएको कुरा पिडीत मृतकका ससुरा शारदा प्रसाद ढुङ्गेलले बताउनु भयो । यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले प्रतिवादीलाई पक्राउ गरी जिल्ला सरकारी कार्यालय वकिलमार्फत् अदालतमा पेश गरेको अदालती प्रक्रिया जारी रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्र.ना.उ माधव प्रसाद काफ्लेले जानकारी दिनुभयो ।
वडा महिला सञ्जालद्वारा ज्ञापन
[email protected] Powered by Blogger.
