लोकप्रिय समाचार
समायनुकुल शिक्षा सिकाइ गर्न सके मात्र विद्यार्थीहरुले गुणस्तरीय शिक्षा पाउने चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख अमानसिं तामाङ्गले बताउनु भएको छ । सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौतारामा रहेको जिल्लाकै पहिचान बोकेको जुगल बोर्डिङ्ग हाइस्कुलको वार्षिक उत्सव समारोहको उद्धाटन गर्दै प्रमुख तामाङ्गले उक्त कुरा बताउनु भएको हो । स्कुलको ३०औँ वार्षिक उत्सव तथा अभिभावक भेलाको उद्धाटन गर्दै तामाङ्गले निजी विद्यालयले यसरी सिक्षा सिकाइमा गरेको उपलब्धीका कारण आफुलाई खुशी लागेको बताउँदै विद्यालयका काम भनेको राजनीति गर्ने नभइ गुणस्तरिय शिक्षा प्रदान गरी योग्य र अनुशासित नागरिक उत्पादन गर्नु रहेकोले यसतर्फ विद्यालयहरुले ध्यान दिनुपर्ने बताउनु भयो । उहाँले शिक्षा पेसामा कार्यरत शिक्षकहरुको समस्यालाई मध्यनजर गर्दै आफ्नो नगरपालिकाभित्र कार्यरत शिक्षकहरुलाई मासिक रुपमा तलबको व्यवस्था गरेको समेत स्पष्ट पार्नुभयो।
स्वागत मन्तव्य राख्दै उप्रेतीले जिल्लाको सदरमुकाम चौतारामा रहेको यो स्कुलले राम्रा राम्रा काम गरेर अगाडि बढ्दा जिल्लाको पहिचान राम्रो हुने भएकाले हामी त्यसतर्फ पनि ध्यान दिएर काम गरिरहेको बताउँदै उपस्थित सबैमा विशेष धन्यवाद व्यक्त गर्नु भयो । चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख अमानसिं तामाङ्गको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा स्कुलका विद्यार्थीको प्रयोगात्मक सिकाइको समेत प्रदर्शनी गरिएको थियो । उक्त प्रदर्शनीका कारण विद्यालयले पुस्तक मात्र नभई वैज्ञानिक तवरले समयानूकुल प्रयोगात्मक शिक्षा सिकाई गरिएको अभिभावकहरुले जनाएका थिए । प्रमुख अतिथी तामाङ्गले पानसमा बत्ती बालेर कार्यक्रमको समुद्घाटन गर्नु भएको थियो । कार्यक्रममा प्याब्सनका अध्यक्ष दुर्गा थापा, केन्द्रिय सदस्य कर्म वाङ्देल, सहसचिव प्रदेश ३ प्रदेश समिति तथा प्रमुख सल्लाहकार ऋषिराम नेपाल, सल्लाहकार एरोन लाप्चा, मनोज सिं, कोषध्यक्ष मनोज सापकोटा, सहसचिव बुद्धि आचार्य, नेपाल पत्रकार महासंघका सचिव दिनेश थापा, कोषध्यक्ष विदुर गिरी, शब्द सारथीका अमित घिमिरे लगायतका प्रतिष्ठित व्यक्तिहरुको विशेष आतिथ्यतामा समारोह सम्पन्न भएको थियो । कार्यक्रममा विद्यार्थीहरुले मनोरञ्जनात्मक कार्यक्रम प्रस्तुत गरेको थिए । विद्यालयका प्रिन्सिपल ओम उप्रेतीले विद्यालयको स्थितिबारे जानकारी गराउँदै विद्यालयले प्रदान गर्दै आएको गरणस्तरीय शिक्षालाई अझ प्रभावकारी ढंगले अगाडि बढाउने बताउनु भएको थियो ।