चित्रकलाको माध्यमबाट देशको प्रचार गर्न तम्से युवाहरु
मानकाजी सुवाल लोकप्रियसमाचार बनेपारशनिबारका दिनबनेपाको चण्डेश्वरी मन्दिरको प्राङ्गणमा लाखबत्तीबाल्नेहरु, मन्दिरमापुजा पाठ गर्न आउने र वनभोज आउने जाने मानिसहरुको उपस्थितिबाक्लै देखिन्थ्यो। यही भिडभाड भन्दाफरक दृश्यपनित्यहाँ देखिन्थ्यो ।
साटर्डे प्लेन एयर वर्कशप (-saturdayplein air workshop_ का संयोजकदिपेश प्रधानले ऐतिहासिक, धार्मिक, साँस्कृतिकपक्ष, जनजीवन, भेषभुषा, वाताबरण, सम्पदा र स्थानीयमहत्वलाई स्थलगत रुपमाअबलोकन गरी चित्रमाउतार्ने र त्यस्ताचित्रहरुलाई संकलनगरि २ र ३महिनामा एक पटक प्रदर्शनीमा राख्ने गरेको बताउनुभयो।गत पुसमा रसुवाकाप्राकृतिक सम्पदाहरुबारे कलाकारहरुले तयार गरेकाचित्रहरुठमेलमाप्रदर्शनीमा राखेकाथिए ।चित्रकलाको माध्यमबाट नेपालीकला, संस्कृति र ऐतिहासिक संपदाहरुको संरक्षण गर्नुका साथै देश विदेशमाप्रचारप्रसार गर्ने साटर्डे प्लेन एयर वर्कशप (-saturdayplein air workshop_ को उद्देश्य रहेको बताइयो।
नेपाल भ्रमण बर्ष २०२० को अवसरमाsaturdayplein air workshop समुहका रुविनबादे बनेपा, दिवेश प्रधान काठमाडौं, राकेशचन्द्र श्रेष्ठ ललितपुर, दिपेन्द्र बनेपालीभक्तपुर, राजेन्द्र याकमीभक्तपुर, पुण्य माताङ्गभक्तपुर,राधेश्यामकर्माचार्य भक्तपुर, लक्ष्मीप्रसादखोतेजाभक्तपुर, विकाशविसुङ्छे भक्तपुर, प्रकाशमानन्धर ठिमी, हरि प्रजापति ठिमी, श्रीजीतभासिमा ठिमी, तथागतचित्रकार काठमाडौं, साजिदशाक्यबनेपा, बालकलाहरु श्रीजयीश्रेष्ठ र श्रीयास श्रेष्ठ बनेपालगायतकाकलाकारहरुले चण्डेश्वरीको सम्पदा र स्थानीयमहत्वलाई स्थलगत रुपमाअबलोकन गरी चित्रहरु तयार पारेको र उक्तचित्र साँझपखप्रदर्शनमा राखेको स्थानीयकार्यक्रम सहजकर्ता एवं कलाकार रुविनवादेले बताउनु भएको छ । बनेपाकाअग्रजकलाकार नेपाल सुधार भैल र सहायककर्माचार्यले पनिअनुगमन गर्नु भएको थियो।