आयोजनामा प्रभावित क्षेत्रमा खानेपानी व्यवस्थित गरिने

रूपक पुरी
लोकप्रिय समाचार
मेलम्ची खानेपानी आयोजना प्रभावित क्षेत्रमा खानेपानीको वितरण व्यवस्थित बनाउन सरकारले पहल सुरु गरेको छ । खानेपानी तथा सरसफाइ मन्त्रालयले हेलम्बु गाउँपालिका र मेलम्ची नगरपालिकाको खानेपानी वितरण सहज बनाउन योजना अघि सारेको बताएको छ । खानेपानी मन्त्रालयका प्रवक्ता रितेश कुमार शाक्यले प्रभावितको माग अनुसार योजना ल्याईएको बताउनु भयो। आयोजनाबाट प्रभावित हेलम्बु गाउँपालिकाको कार्यालयसम्म पुग्न कच्ची सडक भएकाले स्थानीय वासिले मन्त्रालयसँग सडक कालोपत्रेको माग गर्दै  आएका छन् ।
प्रवक्ता शाक्यले सडक निर्माण बारे भने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँग छलफल भईरहेको बताउनुभयो ।

,