राम के.सी.
चौतारा २२ पुस ÷ एक जना भारतीय नागरिकको हत्या अभियोगमा सात जना लाई पक्राउ गरि अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।
भारतको विहार घर भै पर्सा जिल्ला पोखरीया नगरपालिका ८ बस्दै आएका २७ बर्षिय राजकुमार मुखियाको हत्या अभियोगमा वीरगञ्ज महानगरपालिका ११ का २७ बर्षिय प्रेम यादव, २७ बर्षिय भोलामाझी साह, ५३ बर्षिय राजेश मेत्तर, ४८ बर्षिय राजन साह, ३५ बर्षिय अशोक साह, २५ बर्षिय विनोद पासवान र रुपन्देही जिल्ला तिलोत्तमा न. पा. १२ का ३६ बर्षिय सन्तोष थापामगर लाई पक्राउ गरिएको प्रहरी नायव उपरिक्षक माधव प्रसाद काफ्लेले जानकारी दिनुभयो ।
फटकशीला बाट पुस १७ गते ६ जना र प्रेम यादव लाई पर्सा प्रहरीको सहयोगमा पुस २२ गते वीरगञ्ज वाट पक्राउ गरिएको हो । हत्याका मुख्य अभियुक्त ठेकेदार समिर मिया फरार रहेकोले खोज तलास गरिरहेको प्रहरीले जनाएको छ ।
इन्द्रावती गाँउपालिका ५ लामाटोलका पूर्ण बहादुर तामाङको घरमा ठेकदार मियाको टोलीले पुस ६ गते ढलान कार्य सकेपछि उनीहरु सबैले मादक पदार्थ सेवन गरेका र राती ११ बजे ना ७ त २०९५ नम्वरको ट्याक्टर चढेर मेलम्ची बजार झरेका थिए । बाटोमा विवाद परेपछि मुखियालाई कुटपिट गरि हत्या गरेका थिए । ठेकदारकै मिलेमतोमा मेलम्ची नगरपालिका १० फटकशीलाको चप्लेटा पाखा बगरमा शव फालेका थिए । उक्त ठाँउ आसपास दुर्गन्ध फैलिन थालेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । हत्याको ९ दिन पछि पुस १६ गते प्रहरीले शव बरामद गरेको थियो । हत्या भएको आशंकामा अभियुक्तहरु लाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । रासस
हत्या अभियोगमा ७ जना पक्राउ
[email protected] Powered by Blogger.
