दुलालेश्वर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको एघारौँ साधारण सभा सम्पन्न

हुकुम लामा, दोलालघाट
लोकप्रिय समाचार
       दुलालेश्वर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको एघाराँै वार्षिक साधारणसभा एक समारोहका बिच सम्पन्न भएको छ । पुर्व श्रम राज्य मन्त्री गोविन्दनाथ उप्रेतीको प्रमुख आतित्यथामा सभा सम्पन्न भएको हो ।

अध्यक्ष बलराम श्रेष्ठको सभापतित्वमा सम्पन्न सभामा जेष्ठ नागरिक, एकल महिला, उत्कृष्ट शेयर सदस्य, बाल सदस्य, विशेष सदस्य, बचत सदस्य, खुत्रुके सदस्य, नियमित बचत सदस्य, असल ऋणि तथा गत शैक्षिक सत्रको क्भ्भ् मा शेयर सदस्यका परिवार भित्रकाले उत्कृष्ट अंक ल्याई उत्तीर्ण हुने छात्र र छात्रालाई सम्मान तथा पुरस्कृत गरिएको थियो । सभालाई उद्धाटन गर्दै प्रमुख अतिथी उप्रेतीले दोलालघाटमा नै सेवा र सुविधायुक्त सहकारीहरु धेरै भएकोले स्थानीय सहकारीहरुलाई प्राथामिकता दिन अपिल गर्नु भयो । साउने भेलको भर नभए झै आफ्नो पसिना खेर नफाल्न अनुरोध गर्नु भयो ।
उँहाले अनुमति विना वित्तीय कारोवारको संजाल फैलाउने गैर संस्थाहरुलाई कारवाहीको प्रकियाको लागी स्थानीय सरकारको ध्यानाकर्षण गराउनु भयो । दोलालघाटमा स्थापित दोस्रो संस्था भएपनि सहकारीले आम नागरिकको जिवन समृद्ध बनाउने पहुँच बनाएका दुलालेश्वर साकोसका संस्थापक अध्यक्ष एंव दोलालघाट उद्योग वाणिज्य संघका अध्यक्ष सुरेश कुमार कक्षपति, पुर्व अरनिको यातायात प्रा.लि.का निवर्तमान अध्यक्ष श्याम लामा तथा वरिष्ठ उपाध्यक्ष बालकृष्ण श्रेष्ठको विशेष आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा बोल्दै संस्थापक अध्यक्षले यो सहकारी नाफा मुखीतर्फ मात्र अभिप्रेरित नभई सेवा मुखीतर्फ पनि भएकोले, कछुवा खरायोको कथा स्मरण गराउँदै कछुवा कै तालमा भए पनि संस्थाले गन्तव्य पार गरेको साथमा उहाँले कमाउ धन्दा साधन बनेका संस्थाहरुसँग चाहि सतर्क रहन सुझाव दिनु भयो । आफुले जन्म दिएको संस्थालाई १२ वटा वसन्त वटा पार हुँदा पनि अहिलेको प्रतिस्पर्धात्मक अवस्थामा पनि संस्थालाई नाफा तथा सेवा मुखीमा नै कायम राखि राख्न सफल भएकोले खुशी हुँदै वर्तमान पदाधिकारीलाई धन्यवाद दिदै शुभकामना दिनुु भएका थिए ।
कार्यक्रममा उद्यमशिल साकोसका उपाध्यक्ष जाल बहादुर गदाल, भुम्लु सहकारी संवयन समितीका संयोजक एंव सिंह देवी कृषि साकोसका अध्यक्ष सुमन जनिमरु, स्ट्यान्डर्ड साकोसका अध्यक्ष दावा लामा, दोलालघाट साकोसका सचिव सदिक्षा स्याङ्ताग, दुलालेश्वर माविका प्राचार्य अशोक चन्द्र झा, दुलालेश्वर क्लवका अध्यक्ष अष्ट बहादुर श्रेष्ठ, दोलालघाट पर्यटन प्रवद्र्धन विकास केन्द्रका अध्यक्ष रमेश लामा, हाम्रो दोलालघाट राम्रो दोलालघाट का सचिव प्रेम कृष्ण श्रेष्ठ, सिंह देवी प्राविका प्राचार्य कमल नारायण श्रेष्ठ, बेव ग्रिनल्याण्ड बोर्डिङ स्कलका प्रिन्सिपल छबिरमण पराजुली, कार्यक्षेत्र भित्रका वडा प्रमुख, तथा स्थानीय संघ संस्थाका प्रमुखहरुले आतिथ्यता गर्दै शुभकामना दिनु भएको थियो ।
संस्थाले एकल महिला तथा जेष्ठ नागरिक सम्मान भत्ता, धर्मप्रति आस्थावानहरुको लागी धार्मिक यात्रा, महिलााहरुको महान चाड हरितालिका तिज विशेष कार्यक्रम जस्ता कार्यक्रमहरु गर्दै कछुवाको तालमा भए पनि संस्थाले समाजमा सामाजिक अभिप्रेययुक्त कार्य गर्दै संस्थालाई प्रगतिपथतर्फ लम्क्याइ रहेकोमा खुसी व्यक्त गर्दै  शुभकामना दिनु भयो ।कार्यक्रममा स्वागत मन्तब्य उपाध्यक्ष रत्नेश्वरी श्रेष्ठले गर्नु भएको थियो भने सचिव एकराज श्रेष्ठले कार्यक्रम सञ्चालन गर्दै संस्थाले वर्ष भरि गरेका प्रगति प्रतिवेदन प्रस्तृत गर्नु भएको थियो । सचिव श्रेष्ठले पर्यटन वर्ष २०२० लाई स्वागत गर्ने लक्ष्यका साथ संस्थामा विभिन्न विधामा उत्कृष्ट परेका सदस्यहरुलाई भ्रमण, अपांग भत्ता, आन्तरिक बिमाबाट पाईने राहत रकममा परिमार्जन गरि शेयर सदस्यहरुलाई लाभान्वित गराउने जस्ता थुप्रै भावी योजनाहरु रहेको बताउनु भएको थियो । कुल शेयर सदस्य मध्ये ७५ .५ सदस्यहरुको उपस्थिती रहेको सो सभामा कोषाध्यक्ष ओम प्रधानले संस्थाले रु ५,१५,३८,१५४।– कारोबार गरि ६८,४२,८१५।– नाफा भएकोमा संस्थाले कार्यलय प्रयोजनको खर्च कटाई रु १९,२०,४९२।– नाफा बचत गरेको आर्थिक प्रतिवेदनमा बताउनु भएको थियो । लेखा समितिका संयोजक रन्जु कुमारी झाले संस्थाको प्रशासनिक तथा आर्थिक कारोबार अहिलेको  सहकारी ऐन अनुरुप पारदर्शी रुपमा रहेको आफ्नो प्रतिवेदनमा बताउनु भयो । शेयर बर्षको रुपमा घोषित सभाबाट करिव २५ लाख शेयर बिक्री भएको थियो । सभापतिबाट दोलालघाटमा स्थापित संस्थाहरु मध्ये अनुभवमा अलि पाको भएको हँुदा कोही कुनै संस्था एकीकरण गर्नेे प्रस्ताव आएमा संस्था सदैव तयारका साथ स्वागतको पर्खाइमा रहेको बताउँदै  क्लबका अध्यक्ष एंव उद्यमशील साकोसका लेखा समितिका संयोजक अष्ट बहादुर श्रेष्ठले शुभकामना मन्तव्य दिने क्रममा दिएको अभिव्यक्ति स्थानीय संघ संस्थालाई मुख्य प्राथमिकता दिने कार्यलाई अभियानलाई साथ र सहयोग दिने प्रतिबद्धता गर्र्दै अध्यक्ष बलराम श्रष्ठबाट सभा बिसर्जन भएको थियो ।

, ,