भ्रमणबर्ष शुरु भए सँगै दोलालघाटमा जलयात्रा


भ्रमणबर्ष शुरु भए सँगै दोलालघाटमा जलयात्रा
एकराजश्रेष्ठ लोकप्रियसमाचार भ्रमण बर्ष २०२० लाइ स्वागत गर्दै  जल यात्राको  आयोजना गरिएको छ । कोशीपारी जागरण युवा समाज@ कोलाती भुम्लु र  काभ्रे एकिकृत समाजको मुख्य आयोजनामा आन्तरिक तथा बाह्य   पर्यटक प्रवद्धनको उद्धेश्यका साथ दोलालघाट देखि भुम्लु गा पा को वडा न ६  अवस्थित आमथलि सम्म जल यात्रा कार्यक्रम सम्पन्न गरेको हो । 

शो अवसरमा दोलालघाट पर्यटन प्रवन्द्ध सामाजिक बिकास केन्द्र द्वारा निर्मित गेटको पनि उदघाटन कार्यक्रम पनि सम्पन्न गरिएको थियो।कार्यक्रममा  नेकपा काभ्रे जिल्ला अध्यक्ष  रुकु चौलागाई र ने का काभ्रे जिल्ला सभापति मधु आचार्य ले सयुक्त रुपमा रिवन काटी उदघाटन गर्नु भएको थियो।   कार्यक्रममा नेकपाका काभ्रे जिल्ला अध्यक्ष  रुकु चौलागाइ पर्यटन बर्ष २०२० लाइ सफल पार्न  सम्पुर्णमा आहन गर्नुु भएको थियो। उँहाले समृद्ध नेपालको परिकल्पना गरेको बर्तमान सरकारले पर्यटन बर्ष मा धेरै  पर्यटक भित्र्उँनका लागी यस्ता पर्यटकीय क्षेत्रको बिकास गर्न पर्ने बताउँनु भयो ।
उँहाले दोलालघाट कोशीपारीको पर्यटन प्रवद्धन प्रचुरमात्रा रहेको बताउनु भयो। नेका का जिल्ला सभापति मधु आचाय ले पर्यटन बर्ष २०११ काभ्रेको सर्वच्च सिखर महाभारतमा  स्वागत कार्यक्रम गरिईएको स्मरण गराउदै नेपालको सर्वच्व सिखर सगरमाथा पहिलो आरोही तेन्जिङ सेर्पा र एडमण्ड हिलारी ले कोशीपारीको बाटो हुदै एैतिहासिक प्राप्त गरिएको इतिहासको पानामा रहेको जानकारी गराउनु भयो ।
दोलालघाट स्थित ५६ किलो बाट दुलालेश्वर महादेव  मन्दिरमा अवस्थित  त्रिवेणीघाट सम्म प्रभातफेरी कार्यक्रम गरिएको   कार्यक्रमलाइ नेपाल सरकार भ्रमण बर्ष २०२० सचिवालय,कोलाती भुम्लु वडा कार्यलय,दोलालघाट वडा कार्यलय,दोलालघाट उधोग बाणिज्य संघ,दुलालेश्वर वातावरणिय तथा समाजसेवा क्लव,दोलालघाट पर्यटन प्रवद्धन तथा सामाजिक   बिकास केन्द्र,दुलालेश्वर साकोस,उधमशिल साकोस,दोलाघाट साकोस,हाम्रो दोलालघाट राम्रो दोलालघाट ,हौसला नेपाल,मलिलो कृषी सहकारी,दुलालेश्वर मा वि,बेवग्ररिन ल्याण्ड बोर्डिङ स्कुल,बुहारी समुह तथा दोलालघाट मा अवस्थित अन्य संघ सस्थाहरुले आर्थिक तथा भौतिक सहयोग गरेको थियो।

दोलालबाट करिव ११ किलो मिटरको दुरीमा रहेको सो स्थानमा ८१ जना ले र्या्फ्टिङको मज्जा लिएको थियो।  जापानिज पर्यटक समेत सहभागी रहेको सो जलयात्रामा दोलालघाट देखि आमगाउमा अवस्थित आमथलि सम्म ३५र४० मिनेटमा  सहजै पुग्न सकिने र्या्फ्टिङको ब्यावसाय सफल हुने  अध्ययन भएको थियो।मुख्य आयोजक कोशीपारी जागरण युवा समाज@कोलाती भुम्लुका अध्यक्ष क्रान्ती लामा ले  आन्तरिक तथा बाह्य  पर्यटकको आगमनको सम्भावित स्थल भएको हुदा यस अभियानलाइ साथ र सहयोग सम्पुर्ण भुम्लु बासीहरुमा अपिल गर्नु भएको थियो।


, , , , , , , , ,