स्थानीयले मुआब्जा नबुझेपछि मेलम्ची दुईको काम अघि बढाउन समस्या

रूपक पुरी
लोकप्रिय समाचार
मेलम्ची खानेपानी आयोजनाको दोस्रो चरण अन्तर्गत याङ्ग्री र लार्के खोलालाई मेलम्चीको सुरूङमा ल्याएर मिसाउने योजनामा स्थानीयले अप्ठेरा सर्त तेर्साएपछी समयम निर्मासुरू नहुने स्थिति आएको छ । याङ्ग्री र लार्के खोलाको निर्माण साईटसम्म पुग्न करिब १० किलोमिटर पहुँच मार्ग बनाउनु पर्ने छ । ठाउँ ठाउँका अडिट टनेल र क्याम्प जाने बाटो सहित करिब २० किलोमिटर बाटो बनाए पुग्छ आयोजनाले । तर अहिले खानेपानी मन्त्रालयबाट यो आयोजना सुरू गर्ने शर्तमा स्थानीय तहबाट ८८ किलोमिटर बाटो निर्माणको माग भएपछी आयोजना थप अन्यौलमा परेको छ । आयोजनाको बातावरणीय प्रभाव मूल्यांकन प्रक्रिया पूरा गर्न स्थानीय तहको सहमति चाहिन्छ । स्थानीय तहहरूलेनै आयोजनाको पहुँचमार्ग बाहेक भित्री बस्तीमा जाने सडकहरू बनाउन माग गरेपछि आयोजना अन्यौलमा परेको हो । जिल्ला प्रशासन कार्यालयले पाँचपोखरी थाङपाल गाउँपालिकाको विभिन्न वडाहरूमा प्रस्तावित आयोजना क्षेत्रभित्र पर्ने ३७६ कित्ता जग्गा र सो जग्गामा पर्ने बोट बिरुवा, बालीनाली, गोठ, टहराको मुआब्जा बितरण गर्न सुचना निकालेपनि स्थानिय मुआब्जा बुझ्न गएका छैनन् । आयोजनाका अधिकारीहरूका अनुसार स्थाजीय नेताहरूले नै मुआब्जा नबुझ्न उर्दी जारी गरेका छन् । आयोजना बन्ने भएपछि बनेका स्थानीय सरोकार समितिको अगुवाइमा स्थानियले मुआब्जा लिन मानिरहेका छैनन् । मुआब्जा लगायतका विषयमा असन्तुष्टि जनाउँदै प्रभावित वासिन्दाले जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएपनि प्रशासनले जग्गाको मूल्यांकनमा पुनरावलोकन गरेको छैन । खानेपानी मन्त्रालयका प्रवक्ता रितेशकुमार शाक्यले स्थानियको मागको बारेमा छलफल भईरहेको बताउनुभयो। उहाँका अनुसार स्थानीयका जायज मागहरू भने सम्वोधन हुन सक्ने बताउनुभयो ।

,