हेलम्बु गाउँपालिकामा साहसिक क्यानोविङ खेल सम्पन्न

लक्ष्मण विष्ट
लोकप्रिय समाचार
सिन्धुपाल्चोक जिल्लाको हेलम्बु गाउँपालिका १ तिम्बुमा गत मंगलबार साहसिक खेल क्यानोविङ सम्पन्न भएको छ । हेलम्बु क्षेत्रको पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यका साथ आयोजित उक्त खेलमा ३ जनाले ११६ फिट अल्को झरनाबाट झरेर खेल देखाएका थिए । हेलम्बु गा.पा २ का सोनाम लामाको नेतृत्वमा रहेको टोलीका ३ जनाले साहसिक खेलको प्रदर्शन र सहभागीहरुलाई अभिमुखिकरण गर्न भएको थियो ।सामुदायिक विकास तथा वातावरण संरक्षण मञ्चको आयोजना र हेलम्बु गाउँपालिकाको समन्वयमा आयोजित उक्त कार्यक्रम हेलम्बु गाउँपालिकाका अध्यक्ष श्री निमा ग्याल्जेन शेर्पा, वडा अध्यक्षहरु, हेलम्बु पर्यटन क्षेत्रका विभिन्न विद्यालयका विद्यार्थीहरु, शिक्षकहरु विभिन्न संघसंस्थाका प्रतिनिधिहरु र स्थानीय समुदाय समेत १५० जनाको उपस्थिती रहेको थियो । कार्यक्रममा प्रमुख अतिथी हेलम्बु गाउँपालिकाका अध्यक्ष श्री निमा ग्याल्जेन शेर्पाले सिन्धुपाल्चोक जिल्लामा क्यानोविङ खेलको धेरै सम्भावना हुँदाहुदै पनि छायाँमा परेको थियो। पहिलो पटक यो खेलको साहसिक खेलको आयोजनालेहेलम्बु क्षेत्रको पर्यटन प्रवद्र्धनमा योगदान गर्ने छ । अब साहसिक खेललाई व्यवस्थित गरेर अगाडी ल्याउन सकेमा यस क्षेत्रको आर्थिक विकासमा कोेशे ढुंगा सावित हुनेछ । तिम्बु बजारको पारीपट्टि रहेको यो झरनामा आवतजावत गर्नको लागि मेलम्ची खोला तर्नु पर्ने भएकोले तत्कालै यस ठाउँमा झोलुङ्गे पुल हाल्ने प्रतिवद्धता समेत अध्यक्षले बताउनु भएको थियो । कार्यक्रममा सिडिइसिएफ का कार्यकारी निर्देशक गोविन्द प्रसाद सापकोटाले आगामी दिनमा यस झरना सम्म आवतजावत गर्न सहजताको लागि साहसिक खेल पे्रमीहरुसंग छलफल गरेर थप सुधारका कार्यहरु गर्ने प्रतिबद्धता जनाउाु भयो । त्यसै गरी जलवायु शिक्षा कार्यक्रम सहयोगी संस्था एटमस फेयरका व्यवस्थापक विमल विश्वकर्माले जलवायु शिक्षा र पर्यटन प्रवद्र्धनका क्रियाकलाप संगसंगै अगाडी बढाउनु पर्ने र यस्ता क्रियाकलापहरुमा गाउँपालिकासंग छलफल गरेर थप सहकार्य गर्ने बारे जानकारी गराउनु भयो । हेलम्बु क्षेत्रमा जलवायु शिक्षा कार्यक्रमसंगै नेपाल सरकारले निर्धारण गरे अनुरुप भ्रमण वर्ष २०२० लाई सफल पार्नको लागि “सुन्दर हेलम्बु घुमौं रमाऔं” भन्ने नाराको साथ साहसिक खेलको आयोजना गरिएको कुरा जलवायु शिक्षा कार्यक्रमका संयोजक मधुसुदन सापकोटाले बताउनु भएको थियो ।


, ,