वेपत्ता नेपालीको घर बनाउने जिम्मा नगरपालिकाले लियो

लक्ष्मण विष्ट
लोकप्रिय समाचार
विगत दुई वर्ष देखि वेपत्ता मेलम्ची नगरपालिका वडा नं ११ अम्फे चौरका नारायण नेपालीको घर बनाउने जिम्मा २२ औं भकम्प सुरक्षा दिवसकोअवसरमा मेलम्ची नगरपालिकालेलिएको छ ।

बिहीवार मेलम्ची नगरपालिकाको आयोजनामा भूकम्प सुरक्षा दिवसलाई लक्षित गरी प्रभातफेरी कार्यक्रम सञ्चालनको अवसरमा जाइकाको डकर्मी सहयोगमा उक्त घर बनाउन लागिएको हो । उक्त घरको शिलान्यास गर्दै विपन्न, असहाय भूकम्प प्रभावित नागरीक नेपालीको निजी आवास निर्माणार्थ आर्थिक तथा प्राविधिक सहयोग नगरले नै गर्ने प्रमुख डम्बर अर्यालले बताउनुभयो । घर निर्माणमा श्री नं २ जगदल गण, इलाका प्रहरी कार्यालय, शसस्त्र प्रहरी बल सुरक्षा बेश क्याम्प मेलम्ची, स्थानीय जनप्रतिनिधिहरु र विभिन्न संघसंस्थाका प्रतिनिधिहरुले श्रमदान गरेको हो ।
वेपत्ता नेपालीको परिवार बिहान बेलुकी छाक टार्नको लागि समेत मुस्किल परिरहेको बेलामा घर बन्न आटेकोमा श्रीमती रमा नेपालीले आँखाभरी आँसु पारेर खुसी व्यक्त गर्नुभयो । दुई छोरी र एक छोरा गरी तिन सन्तान भएको रमाकी श्रीमान् भने दुई वर्ष देखि वेपत्ता छन् । नागरिकता समेत बनाउन नसकेकी रमाले सोही वडाका अध्यक्ष रुद्र प्रसाद दुलालले बनाई दिएको र घर निर्माणमा नगरलाई अपिल गरेकोमा खुसी व्यक्त गर्नुभयो ।

, ,