विवाद समाजको विकासको कडी गाउँपालिका अध्यक्ष लामा

लोकप्रिय समाचार
विवाद समाज विकासको कडी भएको पाँचपोखरी थाङपालका अध्यक्ष टाँसी लामाले बताउनु भएको छ । उँहाले  सकेसम्म विवादहरु गाँउमा नै मिलाएर समस्याको समाधान गरिन पर्ने बताउनु भयो । सिन्धुपाल्चोक जिल्लाको पाँचपोखरी थाङपाल गाउँपालिकाले वडा वडामा न्यायमा पहँुच पु¥याउन वडा स्तरको कार्यक्रम सञ्चालन गरिरहेको कार्यक्रममा यस्तो बताउनु भएको हो ।

कार्यक्रम गाउँपालिका न्यायिक समितिको आयोजना तथा मेलमिलाप केन्द्र र प्राकृतिक श्रोत द्वन्द्व रुपाण्तरण केन्द्र नेपालको समन्वयमा सञ्चालन भइरहेको छ । थाङपालधाप ६ नं. वडाको कार्यक्रममा गाउँपालिका अध्यक्ष टाँसी लामाले विवाद समाजको विकासको कडी हो, यसको समाधान समयमा नै गरिनुपर्दछ । गाउँपालिकाले न्यायमा सहज बनाउन प्रत्येक वडा वडामा मेलमिलाप केन्द्र समेत व्यवस्थापन गरिएकोले न्याय पाउन टाढा जान नपर्ने बताउनु भएको हो । उँहाले किन जाने वडाको मेलमिलाप केन्द्र भन्ने भनाइमा यसमा दुवै पक्षले जित्ने तथा राज्यको न्यायिक निकायमा लाग्ने श्रम, समय तथा ठुलो धनराशि समेत बचत भई विकास निर्माणमा खर्च गर्न सकिने बताउनु भयो ।
गाउँपालिका उपाध्यक्ष एवं न्यायिक समिति संयोजक सुनिता अधिकारीले ले स्थानिय सरकारलाई व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका तिनै किसिमको अधिकार दिएको सन्दर्भमा न्यायपालिका उपाध्यक्षको नेतृत्वमा गठन हुनुपर्ने नेपालको संविधान २१७ बमोजिम गाउँपालिकामा न्यायिक समितिको गठन भईसकेकोले यसले स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ४७ (१) र (२) बमोजिमका देवानि विवाद न्यायिक समितिबाट निरुपण र मेलमिलापको माध्ययमबाट समाधान गरिएको बताउँदै  र सबैलाई न्यायका लागी वडाको मेलमिलाप केन्द्रमा जान समेत आग्रह गर्नु भयो  ।
वडा स्तरको कार्यक्रममा सडक नाटक, मेलमिलापको फाइदा र विशेषता, देवानि र फौजदारी कानुनबारे प्रशिक्षण समेत गरिएको गाउँपालिका सामाजिक विकास शाखाका शाखा प्रमुख दिनेश पोखरेलले बताउँनु भयो  । कार्यक्रम २०७६ पौष १४ देखि पौष २१ गते सम्म सम्पूर्ण वडाहरुमा सञ्चालन भएको थियो । कार्यक्रममा प्राकृतिक श्रोत द्वन्द्व रुपाण्तरण केन्द्र नेपालका जिल्ला प्रशिक्षक यम बहादुर जोतीले संस्थाले २०७२ देखी जिल्लामा कार्यक्रम संचालन गरी मेलमिलापको माध्यमबाट जिल्लामा विवाद समाधान भइरहेको बताउनु भयो ।
प्राकृतिक श्रोत द्वन्द्व रुपाण्तरण केन्द्र नेपालको कार्यक्रम संयोजक ठाकुर राम चौलागाईँका अनुसार स्थानीयहरुले यसरी कार्यक्रम गर्दा सबै नागरिकले न्याय सम्बन्धी विशेष जानकारी पाएको बताउनु भएको छ ।

, ,