मन सिउन वडा वडामा अस्पताल उपाध्यक्ष पण्डित

लोकप्रिय समाचार
सिन्धुपाल्चोक जिल्लाको हेलम्बु गाउँपालिकामा १ दिने न्याय सम्बन्धी छलफल भएको छ ।  प्राकृतिक श्रोत द्वन्द्व रुपाण्तरण केन्द्र नेपालको आयोजनामा २०७६ पौष २२ गते सञ्चालन भएको हो । उक्त १ दिने मेलमिलापकर्ता र न्यायिक समिति बिचको अनुभव आदान प्रदान कार्यक्रममा गाउँपालिका उपाध्यक्ष एवं न्यायिक समिति संयोजक कोपिला पण्डितले स्थानीय निर्वाचन पश्चात निर्वाचित भई गाउँपालिकामा न्यायिक समिति गठन हुने प्रावधान बमोजिम समिति गठन भई जनताको नजिकको सरकार स्थानीय सरकारबाट न्याय सम्पादन भइरहेको स्पष्ट पार्नु भयो ।

उँहाले कानुनी अधिकारलाई व्यवहारिक प्रयोग गर्न वडा वडामा मेलमिलाप केन्द्र स्थापना गरी विवादका पक्षको मन सिउने अस्पतालको रुपमा कार्य गरिरहेकोले मेलमिलापकर्ताको भूमिका अब्बल रहेको समेत बताउनु भयो । कार्यक्रममा वडामा रहेको समुदायले न्यायिक समितिको भूमिका र जिम्मेवारीको बारेमा जानकार नभएकोले अझै पक्षहरु अदालत र प्रहरी चौकी गई विवाद समाधान गर्ने गरेकोले न्यायिक समितिको क्षेत्राधिकार भित्रको विवाद न्यायिक समितिमा नै आउन पौष २४ देखी वडा स्तरको वडा वडामा न्यायमा पहँुच पुर्याउन वडा स्तरको कार्यक्रम संचालन गर्न लागेको बताउनु भयो । मेलमिलापकर्ता र न्यायिक समिति बिचको सम्बन्ध नङ र मासु जस्तै भई वडामा विवाद दर्ता प्रक्रिया देखी नै न्यायिक समितिमा जानकारी गराई मेलमिलाप प्रक्रियाबाट विवाद समाधान गरी विवाद प्रमाणिकरण समेत न्यायिक समितिबाट गर्नुपर्ने कानुनी प्रावधान बमोजिम विवाद समाधान गर्न मेलमिलापकर्तालाई आग्रह गर्दै प्राकृतिक श्रोत द्वन्द्व रुपाण्तरण केन्द्र नेपालका कार्यक्रम संयोजक ठाकुर राम चौलागाईले गाउँपालिकालाई आर्थिक तथा प्राविधिक सहयोग समेत गर्न तयार रहेको बताउनु भयो । गाउँपालिका कानुनी सहजकर्ता ग्यालजेन लामाले उपाध्यक्षको नेतृत्वमा गठन हुनुपर्ने नेपालको संविधान २१७ बमोजिम गाउँपालिकामा न्यायिक समितिको गठन भईसकेकोले यसले स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ४७ (१) र (२) बमोजिमका देवानि विवाद न्यायिक समितिबाट निरुपण र मेलमिलापको माध्ययमबाट समाधान गरिएको बताउनु भयो र सबैलाई न्यायका लागी वडाको मेलमिलाप केन्द्रमा जान समेत आग्रह गर्नु भयो  ।


, ,