शिक्षाको विकासका लागी अभिभावकको पनि भुमिका हुनु पर्ने सुबेदी


पुजन परियार
शिक्षाको विकासका लागि सरकार मात्र होइन , स्थानीय पनि लागि पर्नु पर्ने जिल्ला शिक्षा विकास सम्मन्वय समितीका प्रमुख कृष्ण प्रसाद  सुबेदीले बताउँनु भएको छ  ।

उहाँले बिद्यालयमा भौतिक सामाग्री मात्र राम्रो भएर हुँदैन शिक्षकले मात्र सिकाएर बिद्यार्थी सफल हुदैन त्यसैले गुणस्तरिय शिक्षा तथा परिपक्वताका लागि अभिभावकको पनी भुमिका रहने बताउँनु भएको छ । उहाँले उक्त कुरा सिन्धु पाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालीका वडा नं ९मा स्थित कालीदेबी माध्यमिक बिद्यालयको ६७ औ बार्षीक उत्सब तथा नबनिर्मीत भवन हस्तानन्तरण समारोलाइ सम्बोधन गर्दै यस्तो बताउँनु भएको हो ।
उहाले सरकारले  विद्यालय दिवा खाजाको ब्यबस्था गरेको र त्यसको सदुपयोग गरेर स्थानिय स्तरमा नै उत्पादित सामाग्री प्रयोग गरेर  खाजा खुवाउँदा पोष्टीकता पनि हुने स्थानीय सामाग्रीको खपत पनी हुने कृषकलाइ स्थानीय बिद्यालयले सामान खरिद गरि दिँदा सहज पनि हुने भएकाले त्यस तर्फ विद्यालय प्रशासनको ध्यान जान पर्ने जरुरी रहेको बताउँनु भयो । विद्यालयका प्र अ बिमल श्रेष्ठले  बिद्यालयका गतिबिधी  का साथै विद्यालयको कार्यनिती आय ब्यय प्रस्तुत गर्नू भएको थियो भने बिद्यार्थीहरुले बिभिन्न प्रस्तुतीहरु प्रदर्शन गरेका थिए । बिद्यालय ब्यबस्थापन समितीका अध्यक्ष  कृष्ण राज गिरी को सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।

, , ,