भ्रमण वर्षमा सिन्धुपाल्चोकमा विविध कार्यक्रम

लक्ष्मण बिष्ट
लोकप्रिय समाचार 
भ्रमण वर्ष २०२०मा सिन्धुपाल्चोकमा पर्यटन भित्र्याउनका लागि विभिन्न कार्यक्रमहरु भएको छ । इन्द्रावती गाउँपालिका, मेलम्ची नगरपालिका, पाँचपोखरी थाडपाल गाउँपालिका, भोटेकोशी गाउँपालिकालगायतले कार्यक्रम गरेका हुन् । इन्द्रावती गाउँपालिकाले आफूले पहिचान गरेका ७ वटा पर्यटकीय गन्तब्यमा पर्यटन प्रवद्र्धनका लागि यात्रा गरेको छ । भीमटारको भीमसेन मन्दिरबाट सुरु भएको यात्रा नौलिङ्गेश्वर महादेवमा पुगेर टुगिंएको गाउँपालिका अध्यक्ष बंशलाल तामाङले जानकारी दिनुभयो । उ

हाँका अनुसार गाउँपालिकाले नौलिङ्गेश्वर महादेव, नवलपुर भीमसेन, रणनैनेश्वर महादेव, बुद्धविहार, रानीओडार, बुढीचौर र भीमटार भीमसेनलाई उत्कृष्ट पर्यटकीय गन्तब्यको सूचीमा राखेको थियो । भ्रमण वर्षको सुरुआत गर्दै यी स्थानमा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, वडाअध्यक्ष लगायत अन्य जनप्रतिनिधि, कर्मचारी, स्थानीयवासीले पर्यटन प्रवद्र्धनका लागि यात्रा गर्नु भएको थियो  गाउँपालिकाले भ्रमण वर्ष सफल बनाउनका लागि वर्षभर सांस्कृतिक कार्यक्रम, खाना महोत्सव लगायत कार्यक्रम गर्ने अध्यक्ष वंशलालले जानकारी दिनुभयो । त्यस्तै पाँचपोखरी थाडपाल गाउँपालिकाले गाउँपालिका सिमाना खाल्डेबाट पर्यटकीय स्थल नागीडाँडासम्म पदयात्रा गरेको थियो । नागीडाँडा पुगेर ह्योल्मो संस्कृतिको झाँकीसहित भूकम्पमा मृत्यु भएकाहरुको स्मृतिमा दीप प्रज्वलन गरेको थियो । त्यस्तै भोटेकोशी गाउँपालिकाले चिनियाँ पर्यटकलाई स्वागत गरेको थियो ।

, ,