विधेयक विरुद्ध काँगे्रस

लोकप्रिय समाचार
नेपाली काँग्रेसले सूचना प्रविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको विरोध गरेको छ । प्रमुख सचेतक बालककृष्ण खाणद्वारा जारी विज्ञप्तिमा विरोध गरिरएको हो । उक्त विज्ञप्तिमा नागरिक स्वतन्त्रता र नागरिकको अधिकारको रक्षा गर्ने दायित्व राज्यको हो । नेपालको संविधानले नेपाली नागरिकको स्वतन्त्रता, नागरिक अधिकार, नागरिकका मौलिक अधिकारको सुचिश्चितता गरेको छ । तर वर्तमान सरकार नेपाली नागरिकका स्वतन्त्रता र अधिकारलाई कुण्ठित गर्ने र जनताका मौलिक हक तथा संविधानका प्रावधानका प्रतिकूल नीति नियम बनाउन तल्लीन रहेको छ । कुनै पनि वाहानामा आम नागरिकका स्वतन्त्रता र अधिकार कुण्ठित गर्ने र संविधानको प्रतिकूल ऐन नियम  बनाउने सरकारको कदम प्रति नेपाली कांग्रेस संसदीय दल विरोध गर्दछ । विकास तथा प्रविधि समितिबाट अगाडि बढाइएको सूचना प्रविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकले नेपाली नागरिकको विचार तथा अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्ने,  संविधानको प्रतिकूल हुने र नागरिकका मौलिक अधिकार हनन् हुने हुँदा सूचना प्रविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सच्चाएर मात्र अगाडि बढ्न सरकारको ध्यानाकर्षण गर्दछौं । संविधानको प्रावधानको प्रतिकूल हुने, नागरिकका विचार एवं अभिव्यक्ति स्वतन्त्रता विरुद्ध सरकारको कदम रोक्न सबै पक्षलाई अग्रसर हुन आग्रह गर्दछ। भनिएको छ ।

,