फरार प्रतिवादीशाहीका साथै अबैधहतियारसहित मेनदोर्जेपक्राउ


      लोकप्रियसमाचार    जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोकले फरार अभीयुक्त हरुलाइ सम्पर्कमा ल्याउँने कार्यलाइ तिब्रता दिइरहेको छ । प्रहरी कार्यलयले साविक भोटसिपा गा.वि.स. वडा नं. ४ हाल ईन्द्रावती गा.पा. वडा नं. १० बस्ने बर्ष ५७ को बुद्व राज शाही भएको वेदेशिक रोजगारी ठगी मुद्दामा वैदेशिक रोजगार न्यायाधीकरणको मिति २०६८।११।१४ गतेको फौसलाले १ बर्ष ६ महिना कैद र रु. १ लाख ५० हजार जरीवाना तोकी कैद र जरिवाना असुल उपर गर्न बाँकी रहेका फरार प्रतिवादी  बुद्व राज साहीलाई प्रहरीले पक्राउ गरि अदालतमा बुझाएको छ । जिल्ला प्रहरी कार्यलयका सुचना अधिकारी तथा प्रहरी नायब उपरिक्षक माधब  काफ्लेका अनुसार प्रहरी कार्यालयबाट फैसला कार्यान्वयनको सिलशिलामा खटिएको प्रहरी टोलिले निरन्तर खोजी कार्य जारी राखी रहँदा  २०७६ माघ १२ गते साँझ ५ वजेको समयमा घर वतनमा फेला पारी नियन्त्रणमा लिई पक्राउ गरी प्रहरी  कार्यालयमा दाखीला गरेको हुँदा दाखिला हुन आएका   प्रतिवादी बुद्व राज शाहीलाई माघ १३ गते सिन्धुपाल्चोक जिल्ला अदालतमा उपस्थित गराईएकोमा जिल्ला अदालतले तोकिएको कैद र  जरीवाना भुक्तानको लागी कैदी पूर्जी दिई जिल्ला कारागार कार्यालय, सिन्धुपाल्चोक पठाईएको छ ।यसै बिच माघ१२ गते प्रहरी चौकी तेम्बाथान सिन्धुपाल्चोकले भरुवा बन्दुक सहति  मृन दोर्जेलाइ पक्राउ गरिएको छ । प्रहरी गस्ती टोलीले १२गते  साँझ ५ बजे सिन्धुपाल्चोक जिल्ला जुगल गा.पा. वडा नं. ४ पाङताङ सामुदायिक वनको बाटोमा जिल्ला सिन्धुपाल्चोक जुगल गा.पा. वडा नं. २ बस्ने मेनदोर्जे स्याङबोले अवैध घरेलु भरुवा बन्दुक बोकी शंकस्पद तवरले हिडिरहेको अवस्थामा फेला पारी निजलाई नियन्त्रणमा लिई पक्राउ गरी निजले बोकी हँडेको बट र नाल समेत गरी ४ फिट १ ईन्च लाम्बाई भएको घरेलु बन्दुक थान (१ र ८० ग्राम बारुद समेत बरामद गरी पक्राउ परेका प्रतिवादी मेनदोर्जे स्याङबो उपर हातहतियार खर(खजना मुद्दा शिर्षकमा  माघ १३ गते मुद्दा दर्ता गरी अदालतबाट  म्याद अनुमती लिई थप अनुसन्धान जारी रहेको समेत नायब उपरिक्षक काफ्लेले जानकारी दिनु भएको छ ।




,
Lokpri[email protected] Powered by Blogger.