सुख्खा पहिरो आई हाईड्रोपावरमा क्षती स्काइभेटरखोलामा पुरियो


लोकप्रियसमाचार सिन्धुपाल्चोक जिल्ला  भोटेकोसी गा.पा. वडा नम्बर २ कलासे स्थित भैरव कुण्ड लार्चाखोलामा पहिरो गइ निर्मारणधिन हाइड्रेपावरान क्षेती भएको छ ।


जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोकका अनुसार निर्माणाधीन रहेको भैरव कुण्ड हाईड्रो पावर कम्पनीको ड्याम साईडमा २८गते साँझ  (अं. २५० मिटर लम्बाई र १५० मिटर) चौडाईको सुख्खा पहिरो आएको ले क्षेती हुन पुगेको हो । जिल्ल प्रहरी कार्यलय सिन्धुपाल्चोकका सुचना अधिकारी प्रहरी नायब उपरिक्षक माधब काफ्लेका अनुसार पहिरो आएको  सूचना प्राप्त हुनासाथ प्रहरी अधिकृत सहितको टोलि उक्त स्थानमा गएको थियो । उँहाका अनुसार  पहिरोले उक्त हाईड्रोपावर कम्पनीको कार्यलय, ड्याम र  सोही हाईड्रो पावरको १ वटा स्काइभेटर समेत पुरिएको छ । पहिरोले मानवीय तथा चौपाया क्षती भने भएको  छैन । पहिरोकाकारण    खोला केही भाग मात्र थुनेको, थुनीएको ठाउबाट अं. १ कि.मि. दुरीमा बस्ती रहेको हुदाँ सो बस्तीको मानिसहरुलाई घटनाको सम्बन्धमा  प्रहरीले सचेत गराएको छ ।

, , , ,