प्रयोगात्मक शिक्षा आजको आवश्यकता सामाजिक विकास मन्त्री युवराज दुलाल

लोकप्रिय समाचार
सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिका वडा नं १ स्थित श्री स्याउले माध्यमिक विद्यालयको ६७औँ वार्षिक उत्सव तथा अभिभावक भेला तथा बिसौँ भुपू विद्यार्थी पुर्नमिलन समारोह सम्पन्न भएको छ । प्रदेश नं ३ का सामाजिक विकास मन्त्री युवराज दुलालको प्रमुख आतिथ्यतामा  भएको वार्षिक उत्सब कार्यक्रममा विद्यालयका  प्रधानाध्यापक सालिकग्राम ओलीले  गतिविधीका बारेमा प्रस्तुत गर्नु भएको  थियो ।


विव्यस अधयक्ष सुरेन्द्र कुमार श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा सम्बोधन गर्दै प्रमुख अतिथी दुलालले शिक्षा सिकेर मात्र होइन, त्यसलाई प्रयोगमा पनि ल्याउनु पर्ने बताउनु भयो । आफु हरेक समय शिक्षा स्वास्थ्य विकासका लागि लागि परेको बताउँदै विद्यालयले पनि कसरी गुणस्तरीय शिक्षा दिन सकिन्छ, त्यस तर्फ ध्यान दिन पर्ने बताउनु भयो ।उहाँले वर्तमान समयमा प्रयोगात्मक शिक्षा अतिउपयोगी हुने हुनाले प्रयोगात्मक शिक्षालाइृ खाजको आवश्यकता मानेर सिकाई गर्नुपर्ने बताउनुभयो । विद्यालयको शिक्षा विकासका लागि विद्यालयमा विज्ञान प्रयोगशाला, कम्प्युटर प्रयोगशाला, र अपुग विद्यालय भवन निर्माण गर्ने प्रतिबद्धता समेत जनाउनु भएको छ । उँहाले शिक्षा सिकाईका लागि प्रयोगात्मक शिक्षा नै सबैभन्दा बढी गुणस्तरीय शिक्षा हुने भएकाले यसप्रति सबैको चासो हुनु आवश्यक रहेको बताउनु भयो ।
गुणस्तरीय शिक्षाका लागि वर्तमान सरकारले हरेक योजनाहरु अगाडि सारेको बताउँदै शिक्षा क्षेत्रमा लगाीन गरेको लगानी खेर जान नदिन सबै लाग्नु पर्ने बताउनु भयो। कार्यक्रमका विशेष अतिथी वडा नं १ का वडाध्यक्ष सानुकान्छा श्रेष्ठले विद्यालयमा सिकाइएका कुराहरु घरमा गएर पनि फेरि प्रयोगात्मक रुपमा सिक्ने प्रयास गरियो भने सफलतामा थप मद्धत मिल्ने बताउँदै वर्तमान अवस्थामा शिक्षा सिकाइका लागि हरेक समुदायहरु लागि परेको बताउनु भयो।
उहाँले विद्यालय सबैको पवित्र भवन भएकाले यसको संरक्षण पनि सबै मिलेर गर्न पर्ने बताउनु भयो। कार्यक्रममा वडाध्यक्ष श्रेष्ठ, पूर्व शिक्षकहरु लगायत विद्यालयका उत्कृष्ट विद्यार्थीहरुलाई सम्मान गरिएको थियो । विद्यार्थीहरुले विभिन्न प्रतिभाहरु प्रस्तुत गरेका थिए ।
त्यसमध्ये विद्यार्थीहरुको नृत्यले अभिभावकहरुलाई मनोरञ्जन दिलाएको थियो । कार्यक्रममा नेपाली काँग्रेसका टंक कार्की, नेकपाका युवलाल श्रेष्ठ, पूर्व अध्यक्षहरु पूर्व विद्यार्थीहरु लगायतले आ–आफ्ना भनाइहरु राखेका थिए । विद्यालयका विभिन्न गतिविधीहरु समेटेर सेतिदेवी दर्पण स्मारिका समेत प्रकाशन गरेको छ । पूर्व विद्यार्थी समाज  समेत गठन गरिएको छ । पूर्व विद्यार्थी दिपेन्द्र श्रेष्ठको अध्यक्षतामा नौ सदस्य  समाज गठन भएको छ । विद्यालयको स्तर उन्नतिका लागि पूर्व विद्यार्थीहरुको तर्फबाट गर्नुपर्ने सहयोगमा कुनै पनि कमी हुन नदिने समाजका अध्यक्ष श्रेष्ठले बताउनु भयो ।

, ,