आगलागी पीडित तामाङको परिवारलाई राहत सहयोग

लक्ष्मण विष्ट
लोकप्रिय समाचार
मेलम्ची नगरपालिका वडा न ६ तारामाराङ बजार स्थित जित बहादुर तामाङको आफ्नै घरमा थापिएको होटलमा ग्याँस लिक भएर सोमबार बिहान आगलागी हुँदा २० लाख भन्दा बढीको क्षति भएको छ ।

पीडित तामाङको परिवारलाई तत्काल राहतको रुपमा मेलम्ची नगरपालिका र लायन्स क्लब अफ मेलम्चीले संयुक्त रुपमा खाद्यान्न, भाडाँकुडा र लत्ताकपडा सहयोग गरेको किरण दिप खड्काले जानकारी दिनु भयो । नगर प्रमुख डम्बर अर्याल, लायन्स क्लबका अध्यक्ष गणेश बिक्रम सिलवाल, वडा अध्यक्ष लगायत समाजसेवी, बुद्धिजीवी र अन्य स्थानीयले संयुक्त रुपमा हस्तान्तरण गरेका थिए भने सिन्धु विकास बैँक मेलम्चीका शाखा प्रबन्धक सिताराम दुलालले व्यक्तिगत रुपमा नगद रु ५,०००।– (पाँच हजार) सहयोग गर्नु भएको हो। नगर प्रमुखले पीडित तामाङ प्रति सहानुभूती पनि प्रकट गर्नु भएको थियो ।

,