सिन्धुपाल्चोक जिल्लाको लिसंखुपाखर गाउँपालिकाको पूँजीगत प्रगति ९८ प्रतिशत

लोकप्रिय समाचार
सिन्धुपाल्चोक जिल्लाको लिसंखुपाखर गाउँपलिकाले गत आर्थिक वर्ष २०७५÷७६ को वार्षिक समिक्षा सम्पन्न गरेको छ । समिक्षा कार्यक्रममा पेश गरिएको प्रगति प्रतिवेदन अनुसार ९८% पूँजीगत खर्चको प्रगति सहित समग्रमा ८८.०१ प्रतिशत वित्तीय प्रगति हासिल गरेको छ । आ.व.०७५÷०७६ को विनियोजित रकम जम्मा रु ३३,२९,५६,६६६ (संशोधन सहित) रहेकोमा रु २९,३०,४४,८६२ खर्च भएको छ ।. 

गत आ.व.को योजना, कार्यक्रम र सेवा प्रवाह सम्बन्धि कार्यहरुमा गाउँपालिकाले उल्लेखनीय सफलता हासिल गरेको छ । यसरी गाउँपालिकाका कार्यहरु सफल हुदैँ जानुमा जनप्रतिनिधिहरुको सक्रियता, कर्मचारीहरुको लगनशीलता र नागरिकहरुको विकास प्रतिको चासो, सहकार्य र आपसी समन्वय  नै प्रमुख कारण रहेको गाउँपालिका अध्यक्ष कमल प्रसाद नेपालले बताउनुभयो । विगतमा भन्दा योजनाहरुको गुणस्तरमा वृद्धि हुनुमा सबै वडाहरुमा प्राविधिक कर्मचारीहरुको व्यवस्थापन, उपभोक्ता समितिका पदाधिकारीहरुलाई अनिवार्य अनुशिक्षण र प्रभावकारी अनुगमन नै रहेको व्यहोरा उपाध्यक्ष हेमगंगा मोक्तानले बताउनुभयो । त्यस्तै सेवा प्रवाह र योजनाका कार्यहरुमा अपेक्षित प्रगति हासिल गर्नुमा कार्यतालिका बनाई योजना तथा कार्यक्रमहरु कार्यान्वयन गर्नु र सबै जनप्रतिनिधि, कर्मचारीहरु बिचका क्रियाशीलता र तालमेल नै प्रमुख कारण रहेको प्रमुख प्रशासकिय अधिकृत पुर्ण प्रसाद दुलालले बताउनु भयो ।

लिसंखुका सबै कार्यालयहरु ई हाजिरी र सेवाग्राही मैत्री
हाल सम्म ६ प्रतिशत (भौतिक प्रगति) योजना सम्पन्न भई सकेको छ । कुल २(७ योजना तथा कार्यक्रमहरु मध्ये २८३ वटा योजनाहरुको सझौता भई कार्यान्वयनको चरणमा रहेको छ । योजना सम्पन्न भई भुक्तानी भई सकेको (योजनागत प्रगति) ८ प्रतिशत समग्र वित्तीय प्रगति (चालु र पुँजीगत) ८८ प्रतिशत गाँउपालिकाको ७५.७६को वार्षिक तथा २०७६÷७७ को प्रथम चौमासिक समिक्षा कार्यक्रममा यस्तो जानकारी गराइएको हो ।  शिक्षा तर्फ शिक्षा शाखाले सामुदायिक विद्यालयको पूर्व प्राथमिक कक्षालाई मन्टेश्वरी विधिमा लैजान मन्टेश्वरी विधिमा आधारित ५ दिने पूर्व प्राथमिक तहमा अध्यापन गराउने शिक्षकहरुलाई तालिम प्रदान गरिएको छ । सबै सामुदायिक विद्यालयहरुमा बाल विकास देखि कक्षा ५ सम्म दिवा खाजा कार्यक्रम लाग’ गरिएको छ । त्यसै गरि .सामुदायिक विद्यालयको सुद्धढिकरण अभियान लागू गरिएको छ । सबै प्र.अ.हरुसँग मासिक मिटिड्ड एवं प्रगति छलफल गरि प्र.अ . हरुसग कार्य सम्पादन सम्झौता गर्न प्रक्रिया सुरु गरिएको छ । पालिकाका  सबै विद्यालयहरुमा डिजिटल हाजिरी को व्यवस्था गरिएको छ । प्रशासन तर्फ
लिसंखुपाखर गाउँ कार्यपालिका कार्यालय, सबै वडा कार्यालयहरु, स्वास्थ्य चौकीहरु, विद्यालयहरुमा ई हाजिरीको व्यवस्था मिलाइएको छ । गाउँपालिका र वडा कार्यालयहरुमा ई बिलिङ ९भ्(दष्ििष्लन० को व्यवस्था गरिएको छ । सबै वडा कार्यालयहरुमा प्रशासनिक र प्राविधिक कर्मचारीको व्यवस्थापन गरिएको र सेवाग्राही मैत्री बनाईएको छ । यसै गरी सेवा प्रवाहलाई छिटो, छरितो, प्रभावकारी र पारदर्शी बनाईएको छ । सेवा प्रवाहलाई जनमुखी र विकेन्द्रीत बनाउने गरी कार्यालयका कामहरुलाई कार्यविभाजन गरिएको छ ।
गर्भवती महिलालाई भिडियो एक्सरे पनि निःशुल्क
लिसंखुपाखर गाउँपालिकामा ६ वटा स्वास्थ्य चौकी र १ सामुदायिक इकाई सहित ७ वटा स्वास्थ्य संस्था मार्फत सेवा प्रदान हुँदै आएको छ । जसमध्ये ३ वटा वर्थिङ सेन्टर समेत रहेको छ । ७ वटै स्वास्थ्य संस्थामार्फत निःशुल्क स्वास्थ्य परिक्षण तथा औषधी वितरण लगायतका स्वास्थ्य सेवाहरु प्रदान गरिरहेको गाँउपालीकाले जनाएको छ । नेपाल सरकारले निर्धारण गरेका सेवा सुविधा उपलब्ध गराउनुका साथै स्वास्थ्य र सरसफाई सम्बन्धि जनचेतनामूलक कार्यक्रमहरु सञ्चालन हुँदै आएका छन् । पूर्ण खोप सुनिश्चितालाई दिगोपन दिने कार्यक्रमहरु बनाइएका छन् । गर्भवती महिलालाई निःशुल्क भिडियो एक्स रे सेवा सञ्चालन गरिएको छ । गर्भवती महिलाको प्रजनन स्वास्थ्य र पोषणमा सुधार ल्याउन तथा जिरो होम डेलीभरीको कार्यक्रम सफल बनाउन प्रत्येक पटक गर्भ जाँच गराउँदा १ क्रेट अण्डा र १ के.जि. गेडागुडी प्रदान गर्ने कार्यको शुभारम्भ भएको छ । बर्थिङ सेन्टरमा बच्चाको जन्म पछि टावल, नैनी र साबुन १÷१ थान उपलब्ध गराउने व्यवस्था गरिएको छ  ।
सामुदायिक विद्यालयहरुको सुदृढीकरण अभियान
लिसंखुपाखर गाउँपालिकाले गाउँपालिका क्षेत्रमा रहेको १ वटा क्याम्पस सहित ३० वटा शिक्षण संस्थाहरुको सुदृढीकरण अभियान थाल्ने भएको छ । गाउँपालिका क्षेत्र भित्रका सबै बालविकास केन्द्रहरुलाई मन्टेश्वरी विधिमा लैजान त्यसमा कार्यरत सबै स.का.हरुलाई ५ दिने तालिम सम्पन्न गरेको छ । सबै विद्यालयहरुमा ई हाजिरीको व्यवस्था गरिएको छ । प्र.अ र गाउँपालिकाबीच मासिक प्रगति बैठक सञ्चालन गरेको छ । विद्यालय र शिक्षकहरुको मूल्यांकनको लागि कार्यविधि तयार गनै शुरु गरिएको छ । आगामी शैक्षिक सत्रदेखि लागु हुने गरी कार्यसम्पादन सम्झौता तयारी गरिएको छ ।
लक्षित वर्गका समिति र सञ्जालहरु गठन
यसैगरी महिला तथा बालबालिका शाखातर्फ सबै वडाहरुमा महिला, बालबालिका, जेष्ठ नागरिक र अपाङ्गहरुको वडा स्तरीय समिति गठन गरिएको छ । बाल अधिकार सम्बन्धि र कार्यविधि तयारगरिएको छ । वडा स्तरीय र गाउँपालिका स्तरीय बाल अधिकार समिति गठन गरिएको छ बाल अक्षय कोष स्थापना गरिएको बाल क्लबहरु गठन गरिएको पालिका स्तरीय  महिला बालबालिका जेष्ठ नागरिक र अपाङ्गको संजाल गठन गरिएले लक्षित वर्गका कार्यक्रमहरु सोही सरोकारवाला समितिहरुको सहभागितामा गरिएको जेष्ठ नागरिक र अपाङ्गहरुको परिचय पत्र गाउँपालिकाबाट प्रदान गर्न सुरु गरिएको छ ।
१ % ब्याजदरमा पशुपालन कर्जा
कृषि तथा पशु विकासतर्फ पशुपालन व्यवसायमा संलग्न कृषकहरुलाई १ प्रतिशत ब्याजदरमा ऋण प्रदान गर्न कोष स्थापना गरिएको छ । सो कोषबाट व्यावसायिक रुपमा पशुपालन गर्न ईच्छुक कृषकलाई १ प्रतिशत ब्याजदरमा ऋण प्रदान गर्ने प्रक्रिया शुरुवात भएको छ । त्यस्तै आन्तरिक परजिवीको औसधि तथा खोप सेवा घर दैलोमा प्रदान गरिएको छ । उन्नत नश्ल सुधारको लागि राँगा वितरण गरिएको र बोका वितरण कार्य जारि रहेको छ । माछा पालन गर्ने कृषकहरुलाई माछाको भुराहरु वितरण गरिएको छ । मौरी पालक कृषकहरुलाई मौरी घार सहयोग गरिएको छ ।
त्यस्तै मिनी टिलर, मल्टि क्रप थ्रेसर र स्प्रेयर वितरण गरिएको छ । हिउँदे तथा वर्षे फलफूलका बिरुवाहरु वितरण गरिएको छ । किवी कृषकका लागि टि बार व्यवस्था गरिएको छ । सिताके च्याउ उत्पादनको लागि रु २५,००० बराबर सहयोग गरिएको छ। कन्ये च्याउको लागि कृषकहरुलाई तालिम तथा बिउ वितरण गरिएको छ । तरकारी उत्पादक कृषकको लागि बिउ बिजन वितरण गरिएको छ । कृषकहरुको लागि क्ष्एः पाठशाला संचालन गरिएको छ । कृषि सिंचाईको ४ ओटा कुलो निर्माण लगायतका कार्यहरु सम्पन्न गरिएको व्यहोरा समिक्षा बैठकमा  प्रमुख प्रशासकिय अधिकृत पुर्ण प्रसाद दुलालले जानकारी दिनुभयो ।
०७६÷०७७ को प्रथम चौमासिकमा पनि २५ % भौतिक र २२ % पूँजीगत खर्च
लिसंखुपाखर गाँउपालिकाले आ.व. २०७६÷०७७ को प्रथम चौमासिकको प्रगति विषयमा समेत समिक्षा बैठक गरेको छ । बैठकमा प्रमुख  प्रशासकिय अधिकृत पुर्ण प्रसाद दुलाललेआ.व. ०७६÷०७७को वार्षिक बजेट रु ४५,९३,६५,७७५ बिनीयोजन भएको बताउनु भयो । उँहाका अनुसार प्रथम चौमासिक  समिक्षमा बैठकमा पनी सकारात्मक संकेतहरु देखा परेको व्यहोरा उल्लेख गर्नुभयो । प्रथम चौमासिक अवधिमा झरी तथा दशै तिहार जस्ता ठूला चाडहरु पश्चात् शुरु भएको विकास निर्माणका कामहरुमा कार्यान्वयनको प्रगति अत्यन्तै सन्तोषजनक रहेको जानकारी प्रमुख प्रशासकीय अधिकृत पुर्ण प्रसाद दुलालले जानकारी दिनुभयो ।
प्रथम चौमासिक अवधिमा पँुजीगत खर्चतर्फ २२ प्रतिशत सहित समग्रमा १८ प्रतिशत वित्तीय प्रगति हासिल गरेको छ । प्रथम चौमासिकमा गरिएको कामहरुका बारेमा प्रकास पार्दै दुलालले योजना शाखाबाट गरिएका सकारात्मक प्रयासहरुमा गाउँपालिकाको नयाँ भवन निर्माण सम्पन्न भएको छ । वर्षिक योजना तथा कार्यक्रम संचालन कार्यतालीका स्वीकृत गरि योजना तथा कार्यक्रम संचालन भएको, गापाको आफ्नै दररेट स्वीकृत गरि कार्यान्वयन साथै च्बतभ बलबथिकष्क मा पुनरावलोकन गरि प्रत्येक वडाका लागी छुट्टा छुट्टै च्बतभ बलबथिकष्क तयार गरिएको,उ.स.का पदाधिकारीहरु, सम्पुर्ण सदस्यहरु एवं. अनुगमन समितिका सदस्यहरुलाई अनुशिक्षण कार्यक्रमको व्यवस्था मिलाईएको, उ.स. मार्फत सञ्चालन हुने योजनाहरुको सम्बन्धित वडामा नै गापाबाट टोली गई सम्झौता गरिने व्यवस्था मिलाईएको, सम्पन्न भई सकेका योजनाहरुको (भौतिक प्रगति) २५प्रतिशत रहेको छ भने योजनागत बित्तिय प्रगति) २२ प्रतिशत रहेको छ । कुल १०१ योजना तथा कार्यक्रमहरु मध्ये ६६ वटा योजनाहरुको सम्झौता भई कार्यान्वयनको चरणमा रहेको छ ।
समग्रमा लिसखुं गाँउपालकिामा सिहंदरबारको सरकार गाउँगाउँमा भन्ने नारालाई नारामा मात्र सीमित होइन बास्तविकतामा नै लागु भएको  छ । ३५ वटा भन्दा बढी ऐन, नियमहरु निर्माण भई कार्यान्वयनमा आएका छन् । गाँउपालिका अध्यक्ष कमल प्र. नेपालको कुसल नेतृत्वका कारण पनी स्थानीय नागरिकहरु बिकास कार्यक्रममा सहजताका साथ संलग्न भएका कुराहरु समिक्षा बैठकमा सहभागी जनप्रतिनिधिहरुले गरेका छन्। समिक्षा बैठकमा आर्थिक परिचालन विकासको महत्वपूर्ण सुचक रहेकाले यसको नतिजा सन्तोषजनक आउनु गाउँपालिकाको विकासले सकारात्मक बाटो लिएको संकेत भएको गाउँपालिकाका अध्यक्ष कमल नेपालले वताउनु भयो । उँहाले यो आफु एक्लैले नभइ सबै जनप्रतिनिधी कर्मचारी तथा स्थानीय नागरिकको सहयोगमा सफलताको बाटोमा गएको बताउँनु भयो । कर्मचारी र जनप्रतीनिधहरु बीचको समन्वय र सहकार्यका कारण गाउँपालिकाले विकासमा सकारात्मक फड्को मार्दै गरेको समेत अध्यक्ष नेपालले बताउनु भयो । गाउँपालिकामा गठन भएको न्ययिक समितिको काम पनि प्रभावकारी बन्दै गएको चौमासिक समिक्षामा जानकारी गराइएको थियो ।

, , ,