कृष्ण रत्नगङ्गा माविले मनायो ७३आँै वार्षिकउत्सव

लोकप्रिय समाचार
सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम रहेको चौतारा साँगाचोकगढी नगरपालिका वडा नं ५ स्थित श्री कृष्ण रत्नगंगा माध्यामिक विद्यालयको नव निर्मित भवन हस्तान्तरण संगै  ७३आँै वार्षिक उत्सव सम्पन्न भएको छ । एशियाली विकास बैंकको साढे १० करोड रुपैयाँको लागतमा विद्यालय भवन पुर्ननिर्माण सम्पन्न भएको विद्यालयका प्रधानाध्यापक धुव्रलाल श्रेष्ठले बताउनुभयो ।


  भूकम्प पछिको पुर्ननिर्माण अन्तर्गत एशियाली विकास बैंक (एडिबी) को आर्थिक सहयोगमा अत्याधुनिक विद्यालय भवन बनेको हो । भूकम्पपछि बनेका मध्ये बजेटका हिसाबले जिल्लामा यो नै ठूलो विद्यालय रहेको विद्यालय व्यवस्थापन समिति अध्यक्ष श्यामकृष्ण श्रेष्ठले जानकारी दिनुभयो । नवनिर्मित भवनको एक कार्यक्रम बिच सांसद अग्नि प्रसाद सापकोटाले उद्धाटन गर्नु भएको हो ।
विद्यालय सरकारद्वारा नमूना घोषित भएकाले भवनहरु अन्तर्राष्ट्रिय मापदण्ड अनुसार बनेको विद्यालयले जनाएको छ । अहिले तीन विद्यालय, छात्रावास, पहरा घर र शौचालय सहित ६ वटा भवन एकै प्याकेजमा बनेका छन् । भव्य भवनमा ३६ वटा कक्षाकोठा रहेका छन् । यसैगरी छात्रावास भवनमा १४ कोठा निर्माण भएका छन् । यस्तै विद्यालयमा कार्यालय, बैठक कक्ष, पुस्तकालय, विज्ञान र कम्प्युटर प्रयोगशालाका लागि छुट्टै भवनको बनाइएको छ । नर्सरीदेखि कक्षा १२ सम्म अंग्रेजी माध्यममा पढाइ हुने विद्यालयमा हाल १३ सय विद्यार्थी अध्यनरत छन् ।
प्रमुख अतिथीको आशनबाट कार्यक्रमलाई सम्बोधन गर्दै सांसद अग्नि सापकोटाले विद्यालयले गुणस्तरीय शिक्षा दिँदै आएकामा भव्य संरचना बनेपछि अझ गुणस्तर वृद्धि गर्न सहज बनाउने उल्लेख गर्नुभयो । उँहाले भवन जस्तै गुणस्तरीय शिक्षा प्रदान गर्नुपर्ने बताउनु भयो । उँहाले विद्यालयलाई भवन दिइएको छ । अब विद्यालयले विगतको भन्दा पनि अझ बढी शिक्षित व्यक्तिको उत्पादन गर्नुपर्छ भन्नु भयो ।
प्रदेश नं ३ का सामाजिक विकास मन्त्री माननिय युवराज दुलाल शरदले प्रदेशका कोही पनि नागरिक शिक्षाबाट वञ्चित हन नपरोस् भन्दै शिक्षा विकासका लागी हरेक योजनाहरु जस्तै छोरी, बुहारी निःशुल्क शिक्षा,  विद्यालय नर्स जस्ता योजनाहरु अगाडी सारेको बताउनु भयो । ७३औँ स्थापना दिवस तथा भवन हस्तान्तरणमा नेकपा अध्यक्ष प्रचण्ड आउनु हुने भनेर प्रचार प्रसार गरिएको भएता पनि अन्तिम समयमा कार्य व्यस्तताले आउन नसकेको विद्यालयले जनाएको छ ।
वार्षिक उत्सवको अवसरमा माननीय शेर बहादुर तामाङ्ग, नेकपाका अध्यक्ष झम्क नेपाल, जिसस प्रमुख कृष्णगोपाल तामाङ्ग, चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख अमानसिं तामाङ्ग, प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङ्ग, पूर्व माननीयहरु लगायतको उपस्थिती रहेको थियो । नव निर्मित संरचना विद्यालयलाई हस्तान्तरण भएसंगै औपचारिक रुपमा नयाँ भवनबाट अब पठनपाठन सुरु हुने भएको छ ।
वार्षिक उत्सवको अवसरमा विद्यालयले १३औँ दक्षिण एशियाली खेलकुदमा स्वर्ण जित्न सफल सिन्धुपाल्चोकका खेलाडीहरु र सञ्चारकर्मीहरुलाई सम्मान गर्नुका साथै विद्यालयमा योगदान गर्ने विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरेको थियो । सम्मानित हुनेहरुमा सिन्धुपाल्चोक स्थायी घर भई तेह्राँै दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) मा स्वर्ण जित्न सफल कराँतेकी कुसुम खड्का,  फुटबलका विकेश कुथु,  तेक्वान्दोकी काजल श्रेष्ठ,  जुडोकी देविका खड्का रहनु भएको हो
। त्यस्तै विद्यालय स्थापनार्थका सार्थै संस्थागत विकासमा योगदान गर्ने स्व.भक्तध्वज प्रधानलाई मरणोपरान्त सम्मान गरिएको थियो । सिन्धुपाल्चोकको चौतारामा जन्मिएर कलाको माध्यमबाट उच्च ओहदामा पुगेको प्रेमध्वज प्रधान, विद्यालयको शैक्षिक तथा अन्य क्षेत्रको विकासमा योगदान गर्ने माधवलाल कर्माचार्य, यही विद्यालयमा अध्ययन गरि पत्रकारिता क्षेत्रमा क्रियाशील राम केसी, सुरेश कसजू लगायत विद्यालयका शिक्षक तथा बिद्यार्थीहरुलाई सम्मान तथा पुरस्कृत गरिएको थिायो । उक्त विद्यालयमा, रेडियो सिन्धुले समेत ३ जना विद्यार्थीलाई विगत ५ वर्षदेखि छात्रवृत्रि प्रदान गर्दै आएको जनाइएको छ । 

, , ,