सिन्धुपाल्चोकमा फेरी दुर्घटना ७ घाइते


              लोकप्रियसमाचार  सिन्धुपाल्चोक जिल्लामा फेरी पनी दुर्घटना भएको छ ।   शनिीबार बिहान ८ बजेको समयमा जिल्लाको .सुनकोशी गा.पा.७ मा पर्ने ६किलो स्थित जिरी लामोसाघु सडक खण्डमा काठमाण्डौबाट दोलखा तर्फ जादै गरेको ग २ च ६९६५ नम्बरको बोलेरो आफै अनियन्त्रित भई सडकबाट अं.१०र१२ मिटर तल खसी दुर्घटना भएको हो र प्रहरीलाइ दुर्घटनाको  खबर प्राप्त हुनासाथ ई.प्र.का.बाह्रविसेबाट प्र.नि.को कमाण्डमा र प्र.चौ.लामोसाँघुबाट प्र.ना.नि.को कमाण्डमा प्रहरी टोली घटनास्थलमा खटि गई ७ जना घाईतेहरुको उद्दार गरी उपचारको लागी सिन्धु सदाबाहर अस्पताल पठाएको जिल्ला प्रहरी कार्यलयका सुचना अधिकारी प्रहरी नायब उपरिक्षक  माधब प्रसाद काफ्लेले जानकारी दिनु भएको छ । उाँहाका अनुसार सिन्धु सदाबाहर अस्पतालले २ जना घाईतेलाई बिर अस्पताल काठमाण्डौमा रिफर गरेको छ भने अन्य ५ जना घाईतेहरु डिस्चार्च भएका छन । उक्त बोलेरोमा बाल बच्चा, चालक सहित १० जना यात्रु सवार रहेकोमा ७ जना घाईते भएका छन भने चालक र अन्य २ जना सामान्य रहेका छन ।  चालक जिल्ला लम्जुङ राईनस न.पा वडा नं.७ धामीकुवा बस्ने वर्ष २९ को प्रदिप सेढाई हाल प्रहरीको नियन्त्रणमा रहेको समेत काफ्लेले जानकारी दिनु भयो । घटनाको बारेमा थप अनुसन्धान कार्य जारी रहेको छ । उक्त बोलेरो काठमाण्डौबाट दोलखा जिल्लामा रहेको कालिञ्चोक भगवतीको दर्शन गर्नको लागी गएको भन्ने बुझिन आएको छ । घाईतेहरुको विवरण निम्नानुसार छ । . जि.रुकुम पश्चिम मुसिकोट न.पा११ का बर्ष १८ को कृष्ण वली र झापा गौरीगंज न.पा ६ का  वर्ष ३६ को अग्नी कोईराला लाइ बिर अस्पताल रिफर गरिएको छ भने सिन्धुसदाबहार  अस्पतालमा सामान्य उपचार पछ ि. डिस्चाज हुनेमा रुकुम पश्चिम मुसिकोट न.पा११का रुपेश वली वर्ष १८को जि.झापा गौरीगंज न.पा ६ बालक अनुप कोईराला तनहु व्यास न.पा.१२ वर्ष ३० की सोविता पन्त निज को छोरा वर्ष १० को सविन पन्त तनहु व्यास न.पा.१२ का वर्ष को २१ को राकेश पन्त घाइते भएका छन



, , , ,