शैक्षिक अभियन्ता बिष्णु बहदुरको शोक सभा सम्पन्न


लक्ष्मण बिष्ट
लोकप्रिय समाचार
स्व. शैक्षिक अभियन्ता बिष्णु बहादुर खड्काको १३ पुण्य तिथिको अबसरमा श्री जनता माध्यामिक बिध्यालय द्वारा  आयोजित श्रद्धाञ्जली सभा सम्पन्न भएको छ।

श्रद्धाञ्जली सभामा बिध्यालयका अभिभावकहरु,शिक्षकहरु,बिध्यार्थीहरु र समाजसेवी बुद्धिजीवी लगायतले  पुष्प गुच्छाद्वारा श्रद्धाञ्जली व्यक्त गरेका थिए। शोक सभामा छोराहरु नगेन्द्र खड्का र राजेन्द्र खड्काले सयुक्त रुपमा सुबिज्ञ स्मृति अक्षय कोष बापत बिध्यालयमा रु .१५११११ ( एक लाख एक्काउन्न हजार एक सय एघार ) को चेक बिध्यालयका बि.ब्य स. अध्यक्ष नबराज खड्कालाइ हस्तान्तरण गरिएको छ। बिध्यालयका प्रधानाध्यापक केदार बिष्ट ,छोरा राजेन्द्र खड्का ,समाजबादी पार्टी संघीय परिसदका सदस्य भरत अधिकारी ,पान्डब अधिकारी कार्यक्रम संचालक शिक्षक माधब अधिकारी,लगायतले शोक मन्तब्य राख्नु भएको थियो । कार्यक्रमका प्रमुख अतिथी एबम सोहि बिध्यालयका पुर्ब प्रधानाध्यापक बुद्धिजिबि ठाकुर नाथ     कुइँकेलले कबिता मार्फत शोक व्यक्त गर्नु भएको थियो। स्व .बिष्णु बहादुर खड्का  पत्रकार स्व. ज्ञानेन्द्र खड्काका पिता हुन् । उहाँका छोरा ज्ञानेन्द्रलाई तत्कालीन सशस्त्र द्धन्द्धमा बिद्रोही पक्षले हत्या गरेका थिए । ज्ञानेन्द्रलाई भदौ २०६० मा उनै गाउँ ज्यामिरेको एक भलिबल पोलमा  बाँधेर हत्या गरिएको थियो ।स्व. विष्णुबहादुर साविक क्षेत्र नं. ३ स्थित मेलम्चीमा रहेको इन्द्रेश्वरी मावि, ज्यामिरेमा रहेको जनता मावि, सातकन्या मावि रातमाटा, शिखरपुरमा रहेको शितलादेवी माविका संस्थापक शिक्षक हुनुहुन्थ्यो  । जनता माविबाट प्रधानाध्यापक हुँदै रिटायर्ड हुनुभएको थियो । यो विद्यँलयसँगै २०१४, १५ सालमा उक्त  क्षेत्रमा अन्य विद्यालय स्थापनार्थ उहाँले ठुलो योगदान दिएका स्थानीयहरुले बताएका छन  । शिक्षक अवकासपछि विभिन्न सामाजिक काममा लागेका खड्काको ७७ वर्षको उमेरमा निधन भएको हो।

, ,