सिन्धु जिल्लाको इन्द्रावती र चौतारामा सुरु भयो विद्यालयमा स्यानिटरी प्याड

दिपक खत्री
लोकप्रिय समाचार
सिन्धुपाल्चोक जिल्लाको चौतारा  साँगाचोकगढी नगरपालिकाका माध्यामिक विद्यालयहरुमा स्यानिटरी प्याड  वितरण गर्न थालिएको छ । चौतारा साँगाचोकगढि नगरपालिका दक्षिणकाली माविमा विद्यालयले सरसफाइ र स्वच्छता हेर्ने विद्यालय शिक्षक नियुक्त गरेको प्रधानाध्यापक मोहन झाले बताउनु भएको छ । अब शिक्षिकालाई पनि महिनावारी स्वच्छता व्यवस्थापन सँगसँगै सरसफाइ र स्वच्छता सम्बन्धी काम गर्नको लागी जिम्मेवारी दिईने छ । हाल विद्यालयमा स्यानिटरी प्याड व्यवस्थापन गर्ने स्थानको व्यवस्था भएकोले विद्यार्थीहरुलाई महिनावारीको समयमा अब  विद्यालय छाड्नु पर्ने अवस्था नरहेको समेत झाले जानकारी दिनुभयो । कालिकादेवी माविका प्रधानाध्यापक धर्मदत्त सापकोटाका अनुसार अहिले घरेलु स्तरमा नै प्याड बनाउन सिकाएकाले विद्यार्थीहरुलाई महिनावारी स्वच्छता व्यवस्थापनमा आत्मनिर्भर बन्न सहयोग पुगेको छ  विद्यालयकी छात्रा बबिता वि.क.ले आगामी दिनमा प्याड बनाउने तालिम आफ्नो आमा र अन्य आफन्तहरुलाई पनि सिकाउने बताउनुभयो ।

अर्की छात्रा सिर्जना घिमिरेले जन्मदिनको अवसरमा आफ्नो साथीहरुलाई घरेलु स्तरमा निर्मित प्याड उपहारको रुपमा दिनुपर्ने बताउनुभयो । यसै गरी सिम्पाल काभ्रेकी महिला स्वास्थ्य स्वयंसेविका अष्टमाया तामाङले पहिले महिनावारीको समयमा प्याडको रुपमा प्रयोग गरेको कपडालाई धोएर खुला ठाउँमा सुकाउन अप्ठेरो हुने गरेकोले कुनै अर्को कपडाले छोपेर सुकाउने गरेको स्मरण गर्नुभयो । अहिले भने यसरी प्रयोग गरेको कपडालाई सूर्यको सिधा प्रकाश पर्ने ठाउँमा सुकाउनुपर्ने र यसो गर्दा किटाणुहरु नष्ट भई कपडा सफा हुने जानकारी हासिल गरेको बताउनुभयो । सिम्पाल र दक्षिणकालिका किशोरी तथा महिलाहरु महिनावारी हुँदा अहिले सरसफाईमा ध्यान त दिन्छन् नै, साथै प्रयोग गर्ने प्याड आफै बनाउने गर्छन् । जसले गर्दा एक त बजार सम्म प्याड किन्न जाने समय बचत भएको छ भने अर्कोतर्फ प्याड किन्ने पैसा जोगिन थालेको छ । घरमा नै तयार हुने प्याड बनाउन निकै सजिलो र प्रयोग गर्न पनि उपयोगि मानिन्छ । घरमा नै बनाएको प्याड धोएर घाममा सुकाएर पुन प्रयोग गर्न सकिन्छ । सिम्पालकी स्वास्थ्य स्वयमंसेविका अष्टमाया तामाङले अहिले महिनावारी हुँदा प्रयोग गर्ने प्याड घरमा नै बनाउन थाल्नु भएको छ । किशोरीहरमा महिनावारीको समयमा गर्नुपर्ने सरसफाईबारे थाहा पाएपछि अहिले परिवर्तन आएको छ । उनीहरु महिनावारीको विषयमा साथिसंगि र घरपरीवारका जहान संग खुलेर कुरा गर्न सक्छन् । सिम्पालकी सोनि तामाङले तालिममा सिकेका कुरा आफुले त लागु गर्नु भयो नै साथै घरमा आमालाई पनि सिकाउनुभयो । अहिले आमा छोरी मिलेर प्याड बनाउने, बेच्ने गर्न थाल्नु भएको छ । महिनावारी स्वच्छता व्यवस्थापनको विषयमा अझै पनि हाम्रो समाजमा विभिन्न किसिमका भ्रमहरु विद्यमान रहेको छ । महिनावारीको समयमा महिलाहरुलाई दोस्रो दर्जाको नागरिकको रुपमा व्यवहार गरिदै आएको पाइन्छ । महिनावारीको विषयमा रहेको भ्रम निवारणको लागि यस किसिमका कार्यक्रमहरुलाई बढावा दिनुपर्ने देखिन्छ। यसले एकातर्फ महिनावारीको समयमा रहेको भ्रम निवारण गर्न सहयोग र्पुयाउँछ भने अर्को तर्फ महिलाहरुको आत्मसम्मानलाई वृद्धि गर्न सहयोग प्रदान गर्दछ । महिनावारीलाई मर्यादित र व्यवस्थित बनाउन सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. १, २ र ३, स्याउले, बतासे र इन्द्रावती गाउँपालिका वडा नं. १, सिम्पाल काभ्रेमा समुदाय र विद्यालय स्तरीय महिनावारी स्वच्छता व्यवस्थापन तालिम सञ्चालन गरिएको  थियो  । महिनावारीको समयमा प्याडको रुपमा प्रयोग गरिने कपडाको कारण पनि महिलाहरु विभिन्न किसिमका रोगहरुको संक्रमणमा पर्ने गरेको र महिनावारीको समयमा ध्यान दिनुपर्ने कुराहरुको जानकारीको अभावमा महिनावारी स्वच्छता व्यवस्थापन उचित र मर्या्िदत बन्न नसकेको विषयलाई ध्यानमा राखी तालिमको आयोजना गरिएको थियो । कारीतास नेपाल र कारीतास जर्मनीको सहयोगमा जनहित गा्रमिण सेवा समितिले सञ्चालन गरेको तालिममा स्थानीय टेलरिङ सेन्टरका प्रतिनिधिहरुलाई सहभागी गराईएकाले प्याड निर्माणलाई व्यवसायीकरण गर्ने विश्वास व्यक्त गरिएको छ ।

, , ,