गोल्माथान देवालयमा सँधै नागदेवताको बास हुन्छ ः गौरिशङ्कर नेपाल


  सिन्धुपाल्चोक जिल्ला साबीक मानेश्वा गाबीस  वडा नं ९ हाल बारबिसे नगरपालकिा वडा न. ८  स्थित स्व. कृष्ण प्रसाद नेपाल, माता स्व होमकुमारी नेपालको  कोषबाट २०२०साल भदौ २७गतेका दिन जन्मनु भएका गौरिशङ्कर नेपाल सँग सोही स्थानमा रहेको  गोल्मा भिमशेन थानकोे बारेमा गरिएको   लोकप्रिय समाचारले गरेको कुराकानीको अंशः सम्पादक
 १ यँहाको परिचय के हो 



 मेरो परिचग भन्दा मेरो नाम गौरिशङ्कर नेपाल र मेरो ठेगाना अघि नै बताइ सकेको छु । त्यस भन्दा पनी अलग कुरा म सानै देखी सामाजीक र धार्मीक काममा लागी परेको हो ।र म सामान्य ब्यबसाय गरेर बसिरहेको छु । खाश गरि मलाइ सामाजीक क्षेत्रमा काम गरिरहेको र बिशेष गरि कृषीमा नै बढी केन्द्रीत रहेको छु ।
२ कृषी पेशामा पनी छु भन्नु भएको छ के कृषी पेशा र सामाजीक काम दुबै गर्दा पेशामा समस्या आउँदैन 
 समस्या जे काममा पनी आउँछ समस्या नहुने त केहीकाममा पनी छैन तर पनी समाजीककाम भनेको ब्यक्तीगत फाइदा नभए पनी सामाजीक फाइदा हुने   अनुभब र जन सम्पर्क बढी हुने  ज्ञान र सिपको बिकाश हुने हँुदा सामाजीक काममा लागेको हो र कृषी बाट उत्पादन भएका सामाग्रीबाट आफुलाइ ब्यक्तीगत  फाइदा हुने भएका ले जस्तो समस्या आए पनी दुबै  कार्य सँग सगै गरिरहेको छु ।  जे काम गर्दा पनी पहिले आर्थीकको आबश्यकता पर्दछ  त्यो आबश्यकता पुरा गर्नका लागी पनि ब्यक्तीगत आयआर्जन गर्न कृषी पेशा नै आबश्यक देखिएकाले यो पेशालाइ पनी प्रथमिकतामा राखेर काम गरिरहेको छ।ु
३ तपाइ धार्मीक अभियान्ता पनि हुनुहून्छ  यस क्षेत्रमा कसरी अगाडी  बढाउँनु भएको छ
 मैले धर्म र सस्कुती का लागी यसलाइ कसरी जोगाइ राख्ने र सस्कार र सस्कृती अनी बशांलुका बारेमा सानै देखी चासो  लाग्ने भएकाले  पुर्खाको शूरुवात सस्कारका बारेमा अध्ययन गरि त्यसका जानकारीका लागी पुस्तक समेत लेख्न लागेको छु । अहिले नै भने म  आफ्नो गाँउमानेश्वारानेपालगाँउमा  रहेको शक्ती शाली देबस्थल गोल्माथान  भिमसेन थानको मन्दीर निर्माण तथा संरक्षणको काममा लागी परिरहेको छु
४ तपाइले गोल्माथान  भिमसेनको संरक्षण गर्न लागेको भन्नु भयो यसका बारेमा बताइदिनुहोस न
यो हाम्रो गाँउको मात्र नभएर  सिङ्गो सिन्धुपाल्चोककै पहिचान बोकेको शक्तीशाली भिमसेलको मन्दीर हो यो १८१५साल देखी नै यँहा रहेको  देबस्थल हो । यो सुर्दशन नेपाल (दुर्गादास)ले  त्यस ठाँउमा आइ जग्गा खरिद गरि लिएको  घर निर्माण गरि  बस्न लाग्दा राती घर कडकने , निदाउँन नसकीने आबज आउँने हुन थाले पछी  आफैले ज्योतिष हेर्दा देवालयको स्थान रहेको थाहा पाइ कँहा कसरी देवालय रहेको भन्ने बिषयमा फेरी धामी ल्याएर जोखना हेराउँदा  घरको उत्तर पटी चौउर , काप्राको रुख र पहरो  भएको त्यहाँ  गोल्मा भिमसेन, सेती देबी का साथमा बासुकी नाग रहेको
 धामीले बताए पछी त्यस स्थानमा गइ हेर्दा त्यँहा रुख पहरो र चौर  देखे  पछी पुजा गर्न थालीएको त्यस पछी  घरमा राम्रो भएको  भनाइ रहेको छ । त्यसै बर्ष देखी त्यहा पुजाआजाको शुरुवात भएको  १९०८मा  तत्कालीन प्रधानमन्त्री  जङ्ग बहादुर राणा  आइ बास बसेको र राती सपना देखे पछी  त्यहाँ को मन्दीरमा पुजाआजा गरि भोली पल्ट दुगुनामा तिब्बत सँगको लडाँइमा गएर त्यँहीको मन्दीरको आर्शीबादले लडाइ नगरि शान्त पुर्ण रुपमा वार्ता द्धारा समस्या समाधान गर्न सकिएकाले फर्केर आएर त्यसै स्थानमा बास बसेर  पुजारीहरु सबैलाइ बोलाइ भिमसेन थानमा बली पुजा गर्न पर्छ भनी  आयश्रोतका लागी ३० रोपनी जग्गा  ब्यबस्था गरि एक बर्षको खर्च हिसाब गरि बाँकी रहेको  पाँच रुपैया त्रिसठ्ठी पैसा कसर सरकारलाइ नै बुझाउँने गरि सँम्झौता गरि दिएको  कागज समेत हाल सम्म रहेको छ । हाल  मन्दीरको नाममा  कुनै आम्दानी नभएको भएता पनी  १९०८सालमा ५९रोपनी भएको जग्गा पनी १९९०सालको भुकम्पबाट  क्षेती भएको  खोलाले कटान गरि लगेको हाल २८रोपनी जग्गा मात्र मन्दीरको अधिनमा रहेको छ । उक्त जग्गा कमाएर २४ मुरी धान बुझायँने शर्तमा त्यहकिो बासिन्दालाइ जग्गा कमउँन दिइएको भइता पनी २०५७साल देखी धान समेत जग्गा कमाउँनेले नबुझाउँदा मन्दीरको नियमित पुजामा समस्या परेको छ । यो समस्या समाधान गर्नका  लागी  पुजारीहरुबाट चन्दा उठाएर देैनिक पुजाआजा चलाइनुका साथै हरेक बर्ष धन्य पुणीमा र चण्डी पुर्णिमाका दिन हुने दुइवटा मेलाको ब्यबस्थापन गरिरहेका छौ । 
५ हाल यो मन्दीरको निर्माणको लागी कसरी  अगाढी बढीएको छ । 
 यो मन्दीर लाइ  पनी २०७२को भुकम्प ले छोडेन  मन्दीर  भत्के पछी  स्थानीयको सक्रीयतामा मन्दीर निर्माण गरी पुजाआजा गर्दै आइरहेका छौ ।
म हाल त्यस मन्दीर ब्यबस्था पन समितीको अध्यक्ष समेत रहेको छु । 
 यो मन्दीर निर्माण गर्नका लागी अहिले पुरातत्व बिभागबाट १५लाख रुपैया प्राप्त भएको र मन्दीर निर्माण कार्य सम्पन्न भइ पुन ५६लाख रुपैया प्राप्त भएकाले अरु थप काम भइरहेको छ । मन्दीरको सरक्षणका  बिभिन्न योजना हरु लिएर अगाढी बढी रहेको छु ।
६ तपाइले हाल गरिरहेको कृषी पेशा चाही के हो नी 
 मैले अहिले  गरिरहेको पेशा मा  खाश गरि कफी उत्पादन तथा प्रशोधन  अनी  अरु स्थानीय खाध्यन्न उत्पादन का  काम हरु गरिरहेको छु  ।
७ अन्तमा  केही भन्न छ की 
 अन्तमा मेरो भन्नु भनेको  जङ्ग बहादुर राणाले समेत आशीर्बाद प्राप्त गरेको उक्त स्थानमा अहिले पनी   नागरुपी शर्प बास बसिरहने सेतो चरा र मौरीले समेत उक्त स्थामा बास बसीरहेकाले त्यहाँ शक्ती पिठ रहेको प्रमाणीत भएको ले त्यस्ता मन्दीरहरुको दर्शन गर्न सबैलाइ अनुरोध गर्दछु ।
साथै सामाजीक काममा लागेर समाजको बिकास गर्न  सबैलाइ अनुरोध गर्दछ र सामाजकि पेशामा लाग्ने मानीसले ब्यक्तीगत स्वार्थ
राखेर काम गर्दा असफलता तिर जाने हुँदा सामाजिक कामका लागी निजी स्वार्थ त्यागेर गरेका कामहरु सफलतामा हुने र नाम पनी रहने भएकाले यसका लागी सबैले बुझेर लाग्न अनुरोध गर्दै मेरा केही बिचार हरु राख्ने मौका दिनु भएकोमा  लोकप्रिय समाचार समुहलाइ बिशेष धन्यबाद दिन चाहान्छु । 



, , , ,