ठूलोसिरुवारी साना किसान कृषि सहकारी संस्था लि.को अनुसरण कार्यक्रममा अध्यक्ष कुल प्रसाद दाहालद्वारा प्रस्तुत प्रतिवेदन

यस वृहत अनुसरण कार्यक्रम हस्तान्तरण तथा साधारण सभाका आदरणीय प्रमुख अतिथि ज्यू, विषेश अतिथि ज्यू, विभिन्न संघ संस्थावाट पाल्नुभएका अतिथी ज्यूहरु, संचालक समितिका पदाधिकारी तथा लेखा समिति र सल्लाहकार ज्यूहरु लगायत विभिन्न उपसमितिका पदाधिकारी ज्यूहरु, सहकारी कर्मचारी मित्रहरु तथा संस्थालाई यस स्थानमा ल्याउनको लागि महत्वपुर्ण भुमिका खेल्नुहुने शेयर सदस्यज्यूहरु लगायत यहाँ उपस्थित सम्पुर्ण महानुभावहरुमा यस संस्थाको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट हार्दिक स्वागत तथा सहकारी अविभादन टक्राउँन चाहन्छु ।
सम्मानित महानुभावहरु,
आज म यस संस्थाको तर्फवाट यो प्रतिवेदन यहाँहरु समक्ष प्रस्तुत गर्न पाउँदा अत्यन्त हर्षित भएको महशुस गरेको छु । ‘‘उन्नत कृषि विकासको पूर्वाधार आर्थिक रुपान्तरणको बलियो आधार” भन्ने मुल नाराका साथ छरिएर रहेको पुजीलाई एकिकृत गर्न वचतको माध्यमवाट परम्परागत रुपमा रहेको कृषि तथा पशुपालन व्यवसायलाई आधुनिकीकरण तथा विविधिकरण गरी उत्पादकत्व वृद्घिका लागि श्रम, सिप र संकल्प भएका तर सिमित आयश्रोत भएका कृषकहरुको जिवनस्तर माथि उकास्न सरल रुपमा कर्जा प्रवाह गरी उनीहरुको आर्थिक स्थितिमा परिवर्तन गराउने उद्देश्यका साथ यस संस्थाले चौतारा साँगाचोकगढी नगरपालिकाको वडा नं १३, १० र ८ वडा लाई आफ्नो कार्यक्षेत्र बनाई मिति २०७६÷०१÷१२ गते दर्ता नं. १÷०७५÷७६ अनुसार यस चौतारा साँगाचोकगढी नगरपालिकामा विधिवत रुपमा दर्ता भई संचालनमा रहेको छ। इतिहासलाई झस्काउनु पर्दा यसको स्थापना २०७४ पौषबाट सुरु भई श्री शिव बहादुर के.सी. को नेतृत्वमा संयोजन समिती तथा श्री राम प्रसाद चौलागाईको नेतृत्वमा तदर्थ समिती हुदै २०७६÷०३÷३१ को प्रारम्भिक साधारण सभाबाट मेरो नेतृत्वमा निर्वाचित ११ सदस्यीय सञ्चालक समिति, ३ सदस्यीय लेखा तथा सुपरिवेक्षण समिती लगायत सल्लाहाकार एवम् विभिन्न उप समितीहरुसक्रिय रुपमा क्रियाशिल छन् । यसमा हाल वचत कर्ताहरुको १२९ वटा समूह र ६ वटा अन्तर समूह सक्रिय छन्। यो समितीले छोटो अवधिमै यस्तो हस्तान्तरण तथा बैंकिंग आवद्धताको मोडमा उभिएको छ। उल्लेखित कार्यहरुमा तत्कालिन हेल्प ई.भी. दातृ संस्थाको कर्मचारी प्रतिनिधि र हालका सञ्चालक श्री होमनाथ चौलागाईको अविषमरणीय योगदान रहेको कुरा पनि याँहा सुनाउन लायक ठान्दछु ।
सम्मानित महानुभावहरु,
२०७२ साल बैसाख १२ गतेको विनासकारी भुकम्पले साविक ठूलोसिरुवारी गा.वि.स. मा ठूलो जिउधन, भौतिक संरचना ध्वस्त भएको अवस्थामा हेल्प ई.भी. नामक जर्मनी दातृ संस्थाले यस क्षेत्रमा अवलोकन गरी याँहाको वास्तविकतालाई मध्यनजर राखी विभिन्न शिर्षकको राहतको कार्यक्रम संचालन गरी याँहाका गरिब तथा पिडित वर्गमा उक्त संस्थाले समाज उत्थान लगाएतका विभिन्न जिविकोपार्जन कार्यक्रम संचालन गरी कार्यक्रम सहकारीको ढाँचा अनुसार संचालन भएकोमा एक घर एक सदस्य रहने गरी आयआर्जन समुहद्धारा वचत तथा ऋण कार्यक्रम संचालन गरेको कुरा अवगत नै छ । उक्त कार्यलाई जिवित राख्नको लागि सहकारी गठन गर्ने प्रक्रिया माथि विभिन्न चरणमा छलफल गरी यसलाई कस्तो सहकारी वनाउने भन्ने विषयमा ठूलो वहस तथा छलफल गरी निष्कर्षमा साना किसान कृषि सहकारी संस्था लि. गठन गर्न सफलता मिलेको र यस्तो सफलता मिल्ने सुरुवाती संकेत एवम् श्री सूर्यमुखी साना किसान कृषि सहकारी संस्था लि. सँगको नाता जोड्न सुचकको काम गर्ने आदरणीय प्रकाश ढकाल ज्यू तथा हेल्प ई.भी.,च्क्म्ऋ र टुकी संघ जस्ता सहयोगी संस्थाहरुतथा अनुशरणलाई प्रभावकारी ढञ्गबाट गरिदिने सूर्यमुखी सहकारी एवम् त्यसका सम्मानित अध्यक्ष श्री मित्रलाल चौलागाई, साना किसान कृषि विकास लघुवित्त वितिय संस्था, साना किसान कृषि बैंक, केन्द्रिय संघ एवम् चौ.सा.गढी न.पा. तथा १३ नं. वडा अध्यक्ष तथा वडा कार्यलय सँग संबद्ध सबै र याँहासम्म यस सहकारीलाई ल्याउन अनवरत सहयोग गर्नुहुने सबै महानुभावहरुर्लाई विशेष धन्यवाद दिनु कर्तव्य नै ठानेको छु। यसर्थ मुरीमुरी जय सहकारीको अभिवादन भन्न चाहन्छु ।
सम्मानित महानुभावहरु तथा शेयरधनी मित्रहरु यस सहकारीलाई सरल तरिकाले सम्बन्धित वित्तिय संस्थाहरुसँग जोड्दै आगामी दिनमा निम्न कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने देखि प्रस्ताव गरेको छु ।
– तत्कालै साना किसान विकास लघुवित्त वितिय संस्था मार्फत प्राप्त ३५ लाख ऋणलाई निति, विधि र बुझाईको मिलन गर्दै ऋण लगानी कार्यक्रममा जोड्नु पर्ने भएकोले यस पूर्व सञ्चालकबाट भएगरेका कार्यहरुलाई अनुमोदन गरी आगामी दिनको लागि भईपरि आउने कार्य गर्न समेत बाटो खुल्ला गर्ने सम्मको अधिकार सञ्चालकलाई प्रत्याजन गर्ने व्यवस्थाको लागि अनुरोध गर्दै निम्न थप बुदा प्रस्तुत गर्न चाहन्छु।
– यस २०७६ पुष मसान्तसम्म शेयर पुँजी १२, ३७, १०० लाई आ.व. अन्तसम्म शेयर पुँजी १५ लाख पु¥याईने लक्ष्य लिएको छ ।
– परम्परागत कृषि प्रणालीलाई परिवर्तनगरी व्यवसायिक खेतीका लागि कृषकहरुलाई आवश्यक सहयोग जुटाईने छ ।
– वडा नं. ८ र १० माशेयर सदस्य वृद्धि गरी समूह र अन्तर समूह गठन गरी परिचालन गरिने छ ।
– व्यावसायिक पशुपालन गर्ने कृषकहरुलाई गोठ सुधारको कार्यक्रम समुह मार्फत गरिने छ ।
– शेयर सदस्य, बचत समूह, अन्तर समूहहरुको विस्तार गर्दै जाने कुरालाई निरन्तरता दिईने छ । उल्लेखित वाक्याम्सलाई आधार बनाएर कार्यहरु सु–सम्पन्न गर्न क्रियाशिल सबै समूह, अन्तर समूह, सल्लाहकार, उपसमिति, लेखा सुपरिवेक्षण समिति र सञ्चालकहरु “सबैले सधै”याँहाको उत्थानको लागि “नितिमा चल्ने, विधिलाई मान्ने र शेयर धनिले बुझ्ने” अवस्था सृजना गर्न सक्दा मात्र सोचेको भन्दा उच्चदरको फल प्राप्त भई इमान्दार र सक्षम शेयर सदस्य बन्न सक्ने कुरामा हामीले ढुक्क हुनुपर्छ भन्ने लागेको छ ।
– बचत तथा ऋण कारोवारमा उत्कृष्ट कारोवार गर्ने समुहलाई प्रोत्साहन गरिने छ ।
– पशुपालन व्यवसायलाई भरपर्दो र विश्वशनीय बनाउँनको लागि पशुबिमा कार्यक्रमका साथै किसानहरुको मागको आधारमा विमा कम्पन्नी सगँ साझेदारी गरी कृषि तथा वाली विमाको समेत प्रवन्ध मिलाउनका लागि पहल गरिनेछ।
– आवश्यकता अनुसार भैपरी आउने सवै कार्यहरु कार्य योजना तयार पारी सु–सञ्चालन गरिने छ । अन्त्यमा फेरी एक पटक यस संस्थाप्रति सद्भाव राखि आफ्नो समयको पावन्दीलाई समेत थाती राखि यस सभामा उपस्थित प्रमुख अतिथि ज्यू, अतिथि ज्यूहरु सबैलाई अभिवादन टक्राउँदै यो कार्यक्रम सञ्चालनार्थ सहयोग जुटाईदिने श्री सेतीदेवी मा.वि. परिवार लगाएत सबैलाई जय सहकारीको अभिवादन टक्राउँदै बिदा हुन्छु ।

, ,