वनदेवीको वार्षिकोत्सव, शिक्षालाई सिपमूलक बनाइने मन्त्री दुलाल
लोकप्रिय समाचार
सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिका ५ स्थित श्री वनदेवी माध्यामिक विद्यालयले एक समारोहका बिच २२औँ वार्षिकोत्सव अभिभावक भेला तथा पुर्व विद्यार्थी पुर्नमिलन समारोह कार्यक्रम सम्पन्न गरेको छ । ३ नं प्रदेश सरकार सामाजिक विकास मन्त्री युवराज दुलालले एक समारोहका बिचमा उक्त समारोहको उद्धाटन गर्नु भएको हो । कार्यक्रमको उद्घाटन गर्दैैै मन्त्री दुलालले शिक्षा जति दियो उति बढ्ने, शिक्षा विकास नै मानवीय विकासको पहिलो खुड्किलो भएको बताउनु भयो ।
उहाँले वर्तमान अवस्थामा शिक्षा विकासमा सरकार लागि परेको छ । अबका शिक्षा भनेकै आत्मानिर्भरता शिक्षा हुन पर्छ । पढ्न र लेख्न मात्र जानेर हुँदैन, अबको शिक्षा भनेको रोजगार र आय आर्जनका लागि सदुपयोग हुने खालको हुनुपर्ने बताउनु भयो । वनदेवी माविको लागि आफुले सकेको सहयोग गर्ने बताउँदै विद्यालय नजिकै रहेको विद्यालयको देब्रे पटीको खोल्सा भरेर सम्याउने काममा सहयोग गर्ने बताउँदै आफु हरेक चुनौतीको सामना गर्दै अगाडि बढेर सिन्धुविकासको लागि आफु लागि पर्ने बताउनु भयो । स्थानीय बिकासका लागि आफु सधै लागि परिरहेको र त्यसको लागि आफुले अगाडि सारेका विकासका आयोजनाहरु सम्पन्न गर्नका लागि चुनौती रहेको छ । यो चुनौतीको सबै मिलेर सामना गर्नुपर्छ भन्नु भयो ।
कार्यक्रमका विशेष अतिथी वडा नं ५ का वडाअध्यक्ष नरमान श्रेष्ठले वर्तमान परिस्थिती अनुसारको प्रयोगात्मक शिक्षा नै गुणस्तर शिक्षा भएकाले भौतिकले सम्पन्नता हुन भन्दा पनि गुणस्तरीय शिक्षा सिकाइमा लाग्न गर्ने र त्यसका लागी आफुले गर्न पर्ने हरेक सहयोग गरिरहने बताउनु भयो । विद्यालय व्यवस्थापन समितीका अध्यक्ष प्रविण कुमार घलेको सभापतित्वमा भएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक दिल बहादुर कार्कीले विद्यालयको प्रगतिका बारेमा प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । प्रस्तुत प्रतिवेदनमा शैक्षिक सत्र २०७५÷०७६ मा अङ्ग्रेजी माध्यम शाखालाई प्रभावकारी बनाउन इन्चार्जको व्यवस्था गरी पूर्व योजना अनुसार सञ्चालन, भएको विद्यार्थीहरूका क्षमता र ज्ञानको दायरा फराकिलो बनाउनका लागि वर्षैभरी यथेष्ट मात्रामा अतिरिक्त क्रियाकलापहरु सञ्चालन, भएका वर्षको दुई पटक खेल महोत्सव आयोजना गरिएको छ । अङ्ग्रेजी माध्यम शाखामा पुस्तक मुल्यांकन गरी एकै प्रकारका पुस्तक अध्यापन शुरु भएको विद्यार्थीसँग अतिरिक्त शुल्क असुल नगरी वर्षे बिदाको ४५ दिनमध्ये १५ दिन पढाइ सञ्चालन गरिएको शैक्षिक भ्रमणको व्यवस्था गरिएको विद्यार्थीहरूलाई स्थलगत भ्रमण गराई अध्यापन, गराउन सहजता गराएको शौचालयलाई बालमैत्री र छात्रामैत्री बनाउने प्रयास, गरिएको पठनपाठन प्रक्रिया अस्थायी सिकाइ केन्द्रबाट पक्की भवनमा स्थानान्तरण .गरिएको ःगतिष्mभमष्ब द्धारा पठनपाठन विद्युतीय हाजिरी सुरुवात गरिएको क्यातधबचभ बाट लेखाको व्यवस्थापन गरिएको विद्यालय व्यवस्थापनका कार्यहरु विद्युतीय क्यातधबचभ बाट सुचारु गरिएको कम्प्युटर ल्यापको उचित व्यवस्थापन, गरिएको पुस्तकालयको आंशिक व्यवस्थापन गरिएको विद्यालयले तिर्न बाँकी रहेको आंशिक ऋण चुक्ता लगायतका विषयहरुमा जानकारी दिनु भएको थियो । सो अवसरमा विभिन्न प्रतियोगितामा उत्कृष्ट हुनेहरुलाई पुरस्कारले सम्मान समेत गरिएको थियो ।