सस्कार र सस्कृतीले पनी मानीसलाइ अनुशासित बनाउँछः पुर्ब मन्त्री तामाङ्ग


लोकप्रिय समाचार ,जसले सस्कार र सस्कृतीको बारेमा जानेको हुन्छ  त्यो मानिस प्राय निरोगि र अनुशासित बन्छ ।

स्वास्थ्यको लागि पनि सस्कार र सस्कृतिको जगेर्ना गर्न पर्ने पुर्ब  कानुन मन्त्रि  माननीय शेर बहादुर तामाङ्गले बताउनु भयको छ।उहाले  सिन्धुपाल्चोक जिल्लाको चौतारा सागाचोकगढी नगरपालिका टुडिखेलमा आयाेिजत २८५६औ लोत्सार कार्यक्रमको उद्धघाटन गर्दै  यस्तो बताउनु भएको हो ।
उँहाले हरेक जात जातिका  मानिसहरु को आआफ्नै सस्कार  छ । यो सस्कारलाइ जोगाइ राख्न पर्छ  भन्नु भयो । उँहाले प्रमुख अतिथिका आशन बाट बोल्दै ल्होसार तामाङ जातीको मात्रै नभई सिंगो नेपालीको महान् चाड भएको स्पष्ट पार्नू भयो  ।
उँहाले ‘हामिलाई विखण्डन गराउन चाहनेले अनेक आरोप लगाएपनि वौद्ध धर्म मान्नेले पनि दशैं तिहार मनाए जस्तै ल्होसार पनि सबै नेपालीको महान् चाड हो भन्दै सरकारुले सार्वजनिक विदा कटौती गरेकोमा दुख व्यक्त गर्दै तराई मधेशमा रहेका जनतालाई पनी ल्होसार पर्वको बारेमा जानकारी दिन र यसलाई आफ्नै पर्वको रुपमा  लिनको लागि समेत देशैभरी सार्वजनिक विदा दिइनुपर्ने बताउँनु भयो  ।
कार्यक्रममा बोल्दै बिशेष अतिथी  नेपाल कम्युनिष्ठ पार्टी (नेकपा)का  केन्द्रिय सदस्य तथा जिल्ला  सचिव दावा तामाङले ठुलो संघर्षबाट हामीले अधिकार प्राप्त  प्राप्त गरेको छौ  सिह दरबारको अधिकार गाँउमा ल्याउँन र गणतन्त्र ल्याउँनका लागी तामाङ्ग जातीले  खेलेको भुमिका लाइ कसैले पनी बिर्षन नहुने बताउँदै ।‘यसको संरक्षणका लागि पनी सबै तामाङ एकजुट हुनुको अर्को विकल्प नभएको बताउँनु भयो । उँहाले नेपाल भ्रमण वर्ष २०२० को सफलताको लागि एउटै जातीको संस्कृतीले मात्रै अपुग हुने भएकोले सबै जातजाती र धर्म संस्कृतीको संरक्षण गर्न आवश्यक रहेको बताउँनु भयो ।
यसै गरि चौतारा साँगाचोक गढि नगरपालिकाको प्रमुख अमान सिह तामाङ्ग ले  सबै जात धर्म यकै भयको त्यसमा पनि आआफ्नै मौलिकता झल्काउने  काममा लागेका हरुलाइ नगरपालिका बाट हुने कुनै पनि   कुरामा सहयोग गरि रहेको  र गरिरहने बताउनु भयो । उँहाले पर्बका नाममा  जाँडरक्सी सेवन गर्दा मानिस घरमा बाँधेको कुकुर जस्तै जे सिकायो त्यही मात्रै गर्ने र आफ्नो विचार राख्न नसक्ने हुनाले सबै लाइ जाँडरक्सी नखान अनुरोध गर्दै यसअघिको पुस्ता जाँडरक्सीकै कारण पछाडी परेको बताउँनु भयो ।  कार्यक्रममा  तामाङका विभिन्न कला र संस्कृती झल्काउने झाँक्री नाच, लामा नाच तथा अन्य झाँकीहरु समेत प्रस्तुत गरिएको थियो। चौतारा साँगाचोकगढी नगरपालीकाका सबै वडा तथा आसपासका तामाङ्ग समुदायको उपस्थितीमा कार्यक्रम भएको थियो ।

, , , ,