सिपा मेलम्चीको मुख्य बजारमा चोरहरुको चहलपहल बढ्दो

लक्ष्मण विष्ट
लोकप्रिय समाचार
शनिबार राती मेलम्चीमा फेरि पनि पसलहरु चोरी भएका छन्। मोबाइल पसल र कपडा पसलहरु चोरी भएको हो।  यस भन्दा अगाडी पनि पटक पटक पसलहरु चोरी भएका थिए। नगरकै मुटु मुख्य बजारमा चोरी बढ्न थालेपची ब्याबसायीहरु चिन्तित हुन थालेका छन् । 

चोरहरुको बिगबिगि बढ्नुको कारण नै बजार व्यवस्थापनमा कमजोर, सिसि क्यामाराको व्यवस्था नहुनु जस्ता कारणहरु छन् । पसल पछाडीबाट प्वाल पारेर विभिन्न ब्राण्डका घडी मोबाइल र कपडा चोरी भएको हो । व्यवसायीहरु एकजुट नहुनुको कारणले चोर मात्रै हैन शत्रु पनि लागेको हुन सक्ने एक स्थानीयले जानकारी दिनु भयो । नगरपालिकाले यस्तो पर्यटकीय चहलपहल बजारमा सिसि क्यामारा जडान गर्न त सक्दैन, फ्री वाइफाइ भन्दै हल्ला मच्चाउनेले खै के गरि विकास गर्ला भनी एक बजार वासीले  आक्रोस पोख्नुभयो ।
नगरले कुनै बेला फ्री वाइफाइ र नगर बस सञ्चालनमा ल्याएको थियो तर कार्यान्वयन भने गर्न सकेको थिएन। अब प्रहरीले बजार व्यवस्थापन समिती सँग मिलेर कडाइ गरि छिटो भन्दा छिटो  अनुसन्धान भई चोर पत्ता लगाउनु पर्ने एक व्यवसायीले बताउनुभयो ।

,