सुनकोशीमा बहुप्राविधिक महाविद्यालय सञ्चालन गरिने

लोकप्रिय समाचार
सुनकोशी गाउँपालिका ७ स्थित पाङ्ग्रेटारमा बहुप्राविधिक महाविद्यालय सञ्चालनका लागि सरोकारवालाहरु जुटेका छन् । सोमबार सेतीदेवी शारदा माध्यामिक विद्यालयमा एक अन्र्तक्रिया गर्दै बहुप्राविधिक महाविद्यालय सञ्चालनका लागि  प्रारम्भिक प्रक्रिया अघि बढाइएको हो । प्रदेश सांसद सरेश नेपाल सहितको एक भेलाले सुनकोसी बहुप्राविधिक महाविद्यालय संयोजन समिति नै गठन गरेको छ । महाविद्यालय सञ्चालनका लागि  शिक्षाविद् डाक्टर विनोद नेपालको नेतृत्वमा पाङ्ग्रेटार र आसपासका जनप्रतिनिधि तथा स्थानीय शैक्षिक अगुवाहरु सम्मिलित संयोजन समिति निर्माण गरेको छ । महाविद्यालय संचालानार्थ गठन गरिएको संयोजन समितिमा बलेफी गाउँपालिका ७ का वडाध्यक्ष कार्केल लामा, बलेफी ८ का वडाध्यक्ष चरिबहादुर तामाङ, सुनकोशी ६ का वडाध्यक्ष रामकुमार थापा, सुनकोशी ७ का वडाध्यक्ष ईश्वर तिमल्सिना र त्रिपुरासुन्दरी ६ का वडाध्यक्ष रामचन्द्र बुढाथोकी पदेन सदस्यका रुपमा रहनुभएको छ । त्यसै गरी संयोजन समिति सदस्यहरुमा रामकृष्ण पराजुली,  टपिन्द्र तिमल्सिना, सुर्यप्रसाद तिमल्सिना, केबी कार्की र मन्दिरा कायस्थ हुनुहुन्छ । सेतीदेवी शारदा माविका प्रअ बासु जिसीलाई सदस्य सचिवको जिम्मेवारी दिइएको छ ।
प्रदेश सरकारले आवश्यक सहयोगको वचन दिएपछि लामोसाँघुमा बहुप्राविधिक महाविद्यालय सञ्चालनको लागि सरोकारवालाको भेला गरि संयोजन समिति निर्माण गरिएको हो । कुन कुन प्राविधिक विषयको अध्ययन अध्यापन गर्ने भन्नेबारे छलफल भइरहेको छ । वन विज्ञान, होटल म्यानेज्मेण्ट जस्ता प्राविधिक विषय छनोट गरेर अध्यन अध्यापन गर्ने बताइएको छ ।


, ,