सिन्धुपाल्चोकले पाएको इज्जतलाइ उच्च राख्ने छु ः सापकोटा


लोकप्रियसमाचार,समृद्ध नेपाल, सुखी नेपालीको सरकारी अभियानलाई पूरा र्गर्ने थप जिम्मेवारी आफ्नो काँधमा आइ परेको  नेपाल कम्युनिष्ट पार्टीका स्थायी कमिटी सदस्य तथा सभामुख उम्मेदवार अग्निप्रसाद सापकोटाले  बताउँनु भएको छ ।

उँहाले देस र जनताका हितका लागी आफु बिगतमा पनी ज्यानको बाजी लगाएर अगाढी बढेको र अहिले पनी त्यसै गरि लागी परेको बताउँदै  पछिल्लो समयमा आफ् ना बिषयमा भएका नकारात्मक हल्लाले आफुलाइ झन  काम गर्न उर्जा थप  भएको बताउँनु भयो । उँहाले  यस्ता हल्लाबाट  कुनै पनी फरक नपर्नेआफ्नो पक्षमा आएका नकारात्मक टिप्पणीले आफूलाई अगाडि बढ्न सहयोग पुग्ने बताउनु भयो । उहाँ उक्त कुरा   सिन्धुपाल्चोकजिल्ला  चौतारा साँगाचोगढी नगरपालिका२ बतासे  स्थित कालिकादेवी माध्यमिक विद्यालयको ३९औवार्षिकोत्सव तथा भवन उद्घाटन कार्यक्रमको उद्धघाटन  गर्दै बताउँनु भएको हो ।
उहाले पााटीले सभामुख मा आफुलाइ उमेद्धार बनाएको सिङ्गो राष्ट्र्ले  मलाइ सभामुख बनाउँन लागे पछी ’मेरो मेरा बिषयमा नकारात्मक टिप्पणी आएका छन्  यो केवल  रातोलाइ कालो भन्न मात्र खोजिएको हो भन्नु भयो । उँहाले  सुन आगोमा हालेर तताउँदा हराउँदै पुनः खारिन्छ, र झन् पहेँलो भएर निस्कन्छ’, भन्नु हँुदै   देशकै उच्च तहको नेतृत्व आफ्नो काधमा आएको ले आफूविरुद्ध धेरै नकारात्मक टिप्पणी गरेर हतोत्साहित गर्न खोजिएको बताउँनु भयो । उँहाले  नेपालको इतिहासमै सभामुखको विषयमा यति धेरै चर्चा र सकस अहिलेसम्म भएको  थिएन भन्नु भयो । उँहाले आफूले कुनै पनि गल्ती नगरेको हुनाले यस्ता बिषयहरु मा आफुले समय नखर्चने र  देस बिकासका लागी लागी पर्ने बताउँनु भयो । ब्यस्तताका बाबजुद पनी आफु  सिन्धुपाल्चोक आशीर्वाद थाप्न आएको बताउँनु भयो । आफ्नो लगनसिलता अनी सिन्धुबासीको धैर्यताका कारण  सिन्धुपाल्चोक अहिलेसम्मकै ठूलो पदमा पुगेको बताउँनु भयो ।  आफूले निरन्तर जनताको पक्षमा लागेको फल प्राप्त भएको महसुश गरेको बताउँदै  जीवनका अन्तिम घडीसम्म सिन्धुपाल्चोकको जनताको इज्जतलाई मर्न नदिने स्पष्ट पार्नू भयो । पुर्व मन्त्री  तथा सभामुख अग्नि प्रसाद सापकोटाले सिन्धुपाल्चोकले पाएको इज्जतलाइ अझ उच्च स्थानमा लाने बताउँनु भयो ।  उहाले ३९ बर्ष सम्मको राजनिती निरन्तरता र सिन्धुबासिले गरेको मायाले आज पाएको सभामुख पदको मर्यादा जोखाइराख्ने छु । सिन्धुपाल्चोकले पाएको यो गर्भिलो पदको मर्यादा जोगाएर सम्पुर्ण सिन्धु बासिको इज्जत उच्च बनाउने दोहोर्याउँदै सभामुख मेरो मात्रै प्रयास र लगनशिलताले हुन लागेको हैन सिन्धुबासीहरुको माया र बिश्वासले हो भन्नु भयो । उँहाले  बिध्यालयको भवन उदघाटन कार्यक्रममा सम्बोधन गर्दै बिध्यालयको भौतिक अबस्था मात्रै राम्रो भएर नहुने ,शैक्षिक गुणस्तरका लागि शिक्षक अभिभावक र बिध्यार्थी मेहेनतका साथ लाग्नुपर्ने समेत बताउँनु भयो । क्त कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा युवा संघका संयोजक राम प्रसाद सापकोटा, पुर्व सांसद तथा नेकपाका बाग्मति प्रदेश सदस्य सुवाष कर्मचार्य लगाएतको उपस्थिती रहेको कार्यक्रमको अध्यक्षता भने बिध्यालय व्यबस्थापनका अध्यक्ष यज्ञ प्रसाद सापकोटाले गर्नू भएको  थियो ।

, , , ,