बाह्रबिसेमा निषेधाज्ञा जारी

लोकप्रिय समाचार
बाह्रबिसे नगरपालिका वडा नं ४ स्थित बजारमा सडक अतिक्रमण गरी निर्माण गरिएका घर टहराहरु भत्काउन सुरु गरेपछि स्थानीयले विरोध गरेसँगै कर्फ्यू जारी गरिएको छ । शुक्रबारबाट घरटहरा भत्काउन सुरु गरेपछि शनिबार स्थानीयले नाराजुलुश गरेपछि निशेधाज्ञा जारी गरिएको हो ।

शनिबार बजार क्षेत्रमा नारा जुलुस गरी नगरपालिकाको कार्यालयमा तालाबन्दी एवं केही गमला समेत तोडफोड भएको थियो । आज हुलदङ्गा र अशान्ति हुन सक्ने सम्भावना देखिएकोले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को (३.क) बमोजिम निषेधाज्ञा जारी गरिएको जिल्ला प्रहरी प्रमुख एसपी प्रज्ववल महर्जनले जानकारी दिनुभयो । उहाँका अनुसार आज बिहान ८ बजेबाट बेलुकी ५ बजेसम्मका लागि अर्को व्यवस्था नभए सम्मका लागि देहायका चार किल्ला भित्र हुलदङ्गा वा अशान्ति गर्ने उदेश्यले एकै ठाउँमा पाँच जना भन्दा बढी मानिस भेला जम्मा हुन नपाउने गरी आदेश जारी गरिएको छ । बाह्रबिसे बजारबाट पूर्वमा ३०० मिट, पश्चिममा, भोटेकोशी खोला, उत्तरमा ईलाका प्रहरी कार्यालय, बाह्रबिसे न.पा. ४ र दक्षिणमा बाह्रबिसे बजारबाट पिस्कर र क्षमादेवी जाने बाटोको सुनकोशी चोक सम्म निषेधाज्ञा जारी गरिएको हो ।

,