श्याम बहादुर श्रेष्ठ
लोकप्रिय समाचार
नेपालको प्रदेश न. ३ सरकारले सन् २०२० देखि २०३० सम्म भ्रमण दशक मनाउन करिब १ अर्ब रुपैयाँ खर्च गरेर यस प्रदेशमा हिल स्टेशन निमार्ण गर्ने भएको छ । यस प्रदेशको उत्कष्ट १० पर्यटकीय गन्तव्यमा निमार्ण गरिने भएको छ । हिलस्टेशन मध्ये ३ वटाको डिपिआर तयार गरि निमार्ण गर्ने भएको छ । निमार्ण सुरु भइसकेको उद्योग पर्यटन तथा वन वातावरण मन्त्रालयले जानकारी दिएको छ । विभिन्न ठाउँमा काम सुरु भइसकेको छ । काम सुरु हृुने मध्ये मकवानपुरको चित्लाङ, सिन्धुपाल्चोक जिल्लाको मुडे र नुवाकोटको ककनीमा हिल स्टेशन निमार्णको काम सुरु भएको छ । एउटा हिल स्टेशन निमार्ण गर्न आवश्यक लागत ३ करोड रुपैयाँ रहेको छ ।प्रदेश नं.३ मा पनि हिलस्टेशन निमार्ण हुने भएपछि यस प्रदेशका स्थानीय वासिन्दा पनि खुशी एवम उत्साहित भएका छन् । सिन्धुपाल्चोक जिल्ला लिसंखुपाखर ५ स्थित मुडेका कान्छा सिन्धुपाल्चोक जिल्ला लिसंखुपाखर ५ स्थित मुडेका कान्छा श्रेष्ठले भने हिमाल र वरिपरिका जिल्लाको रमणीय दृश्य देखिने मुडे डाँडामा हिल स्टेशन निमार्ण हुने भएपछि हामी उत्साहित छौ । त्यसैगरि सिन्धुलीको सिन्धुली गढीमा हिल स्टेशन निमार्ण गर्न डिपिआर तयार भएर पनि ठेक्का सम्झौता हुन बाकी छ । हिल स्टेशन निमार्ण गर्ने भनिएको स्थानमा युद्ध संग्रालय लगायत संरचना निमार्णको काम सुरु भएको छ, जिल्ला समन्वय समिति सिन्धुलीको प्रमुख शंकर बर्माले भन्नुभयो ।प्रदेश सरकारले घोषण गरेको भ्रमण दशकको ड्रिम प्रोजेक्टका रुपमा लिएको हिल स्टेशन निमार्णमा प्रदेश सरकारले चालुआर्थिक वर्षमा नै करिब २० करोड रुपैया खर्च गर्ने प्रदेश नं ३ का उद्योग तथा पर्यटन, वन तथा वातावरण मन्त्रि अरुण नेपालले बताउनु भयो । वन तथा वातावरण मन्त्रालयले दोलखाको जिरी, धादिङको रुवी भ्याली, रामेछापको शिवालय, सिन्धुलीको सिन्धुली गढी, नुवाकोटको ककनी, रसुवाको सोम्दाङमा पनि हिलस्टेशन निमार्ण गर्न डिपिआरको काम भइरहेको जानकारी दिनु भयो ।
प्रदेश नं ३ मा हिल स्टेशन
[email protected] Powered by Blogger.
