दोलालघाटमा ठूलो बुद्धको मूर्ति बन्दै

एकराज श्रेष्ठ
लोकप्रिय समाचार
दोलालघाट सरकारले यस वर्ष बिस लाख बाह्य पर्यटक भित्र्याउने लक्ष्यका साथ २०२० लाई पर्यटन वर्ष  घोषणा गरेको छ । तर दोलालघाट वासीलाई भने यसैको साथमा छुट्टै चिन्ता छ “समृद्ध दोलालघाट, सुखि दोलालघाट, हाम्रो दोलालघाट राम्रो दोलालघाट“।

स्थानीय वासीको लक्ष्य सोचे जस्तो र भने जस्तो नजिक नभएको कल्पित सोचमा छन् किनकी बढ्दो क्रसर उद्योग र ट्रिपर सञ्चालनको कारण दोलालघाटकोे जनजिवन कष्टकर बन्दै गइ रहेको छ । वातावरणीय धुलोमग्न हुनुको साथै दुवै नदि वर्षामा झै प्रदुषित देखिएको छ । जहाँ बाध्यात्मक अवस्थामा स्थानीयहरुले सकसपुर्ण जिवन बिताइरहेका छन् भने पैसा तिरेर मनोरञ्जन लिन आउने पर्यटक किन आउँथे होला ?
विगतको दिनमा  पाँचखाल लामिडाँडा आएपछि दोलालघाट कति किलो मिटर बाँकी छ  भनेर सोध्ने पर्यटकले हाल दोलालघाट आए पछि सुकुटे आउन कति बाँकी छ भनेर सोध्ने गरेका छन् । के होला यसको कारण हिजोको दिनमा आन्तरिक पर्यटकको घँुइचो हुने दोलालघाटमा एकाएक किन शून्य हुन लागेको छ । चिन्ताको विषय बनेको अध्यक्ष अष्ट बहादुर श्रेष्ठ बताउनु भयो । पौष १५ गते  मंगलबार सम्पन्न दुलालेश्वर वातावरणीय तथा समाज सेवा क्लबको २५औँ वार्षिक साधारण सभामा संस्थाका अध्यक्ष अष्ट बहादुर श्रेष्ठले  सभाको सभापतित्वबाट बोल्दै यस्तो बताउनु भएको होे । यो समस्याको समाधान कसरी गर्ने भन्ने बारेमा मुख्य विषय बनेको उक्त कार्यक्रमको प्रमुख अतिथी भुम्लु गाउँपालिकाका अध्यक्ष गुमानध्वज कुंवर रहनु भएको थियो ।
कार्यक्रमका प्रमुख अतिथी गुमानध्वज कुँबरले निती नियमले भ्याएसम्म र आफुु सके सम्मको साथ र सहयोग दिने वचनवद्धता व्यक्त गर्नु भयो ।  एक चालिस लाख तिन हजार पचहत्तर रुपैयाँ यस वर्षको आर्थिक प्रतिवेदन हेर्दा  र हालसम्म संस्थाले गरेको संस्था हित तथा दोलालघाट विकासको निमित चालिएका कदम सन्तोषजनक रहेकोले यस विषयमा दुरदर्शी नबनी एक अर्कामा हातेमालो गर्दै दोलालघाट विकासको निमित्त साथमा साथ दिन दोलालघाटमा अवस्थित तेह्र वटा संस्थाहरुलाई आग्रह समेत गर्नु भयो। विशेष अतिथी काभ्रे जिल्ला समन्वय समितीका सदस्य प्रेम लामाले भुम्लु गाउँपालिकाकै मुख्य फलामेद्वारको रुपमा रहेको दोलालघाट, कोशीपारी तर्फकाले या कोशीपारीकाले होस्  दोलालघाट घर भन्न कति पछि नपर्ने इतिहास कमाएको दोलालघाटलाई  मूर्तरुप दिन हामी दोलालघाटवासी एक भई अगाडी बढ्नु पर्ने कुरामा जोड दिनु भयो । उहाँले दोलालघाटमा आन्तरिक तथा बाह्य पर्यटकलाई एक रात बसोबासको वातावरण बनाउन सक्नुु पर्यो । जसको लागी दोलालघाट देखि आमथलि पचवारघाट सम्म (¥याफ्टिङ्गको  व्यवस्थाको साथमा सोही अनुसारको होटेल तथा रिसोर्टहरु हुन आवश्यक रहेको बताउनु भयो । होटल तथा रिसोर्टको हकमा उहाँले निजी स्वामित्वका जग्गाहरु दोलालघाटमा पर्याप्त नभएको हँुदा सार्वजनिक स्वामित्वका जग्गाहरु प्रयोगमा ल्याइ पुरा हुन सक्ने बारेमा प्रष्ट्याउनु भयो ।
खेर गइरहेको नदि नालाका किनारा तथा बगरलाइ सदुपयोग गर्दै व्यवसायको  साथमा दोलालघाटको पर्यटन प्रवद्र्धन हुँदा पालिकाकै विकासमा छहारी आउने भएकोले आउने हिउँदे अधिवेशनको गाउँ सभाबाट एउटा विधयेक सहित निती तयार गर्न स्थानीय सरकार प्रमुख समक्ष आग्रह गर्नु भएको थियो । उहाँले सरकारबाट चार करोडको बजेट दोलालघाटको उत्तरतर्फ रहेको बन्देउ डाँडामा पिकनिक स्पोर्ट सहितको ठुलो बुद्धको मूर्ति निर्माणको डिपिआर भई टेण्डर सहित भइसकेको व्यहोरा जानकारी गराउँदै सो योजना सम्पन्न पश्चात् दोलालघाटमा आन्तरिक तथा बाह्य्य पर्यटक बढ्न सक्ने बारेमा विश्वस्त रहन सम्पूर्ण दोलालघाट वासीलाई आग्रह गर्नु भयो ।
सो कार्यक्रममा विशेष अतिथीका रुपमा बोल्दै दोलालघाट उद्योग वाणिज्य संघका अध्यक्ष सुरेश कुमार कक्षपति, पुर्व अरनिको यातायात प्रा.लि.का पुर्व अध्यक्ष श्याम बहादुर लामा तथा मण्डन देउपुर नगरपालिका वडा १२ का अध्यक्ष गोविन्द प्रसाद पराजुली लगायतले पनि यसै विषयलाई लिएर समाधानको लागी स्थानीय सरकारको ध्यानाकर्षण गराउनु भएको थियो । आउँदो फाल्गुुुण १० गते संंस्थाको २५ वर्ष पुगेको सुअवसरमा  महादेवस्थान मन्दिर जाने बाटोनिर गणेश स्थानको मन्दिर मुनि गौतम बुद्धको मूर्ति अनवरण सहितको कार्यक्रम गर्दै संस्थाको रजत जयन्ती मनाइने जानकारी गराउँदै त्यस कार्यक्रमलाई  सफल बनाउन आग्रह गर्दै अध्यक्ष श्रेष्ठ  द्वारा सो कार्यक्रमको समापन भएको थियो ।

,