नेपाली कांग्रेस द्धारा संसद सुचारु गर्न माग


लोकप्रिय समाचार नेपाली कांग्रेसको  शुक्रबार नेपाली कांग्रेस संसदीय दलको बैठक ले  लामो समय सम्म ससद बैठक स्थगित गरेकोमा आपती जनाउँदै सासद शूचारु गर्न माग गरेको छ । काग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा पाटी सभापति एवं संसदीय दलका नेता माननीय शेरबहादुर देउवाको अध्यक्षतामा नेपाली कांग्रेस संसदीय दलको बैठक बसी उक्त निर्णय गरिएको प्रमुख सचेतक बालकृष्ण खाँडद्धारा जारी बिज्ञेप्तीमा  जनाइएको छ ।
बिज्ञेप्तीमा गत पुष ४ बाट प्रारम्भ गर्न आव्हान गरिएको संसद अधिवेशन लगभग एक महिना वितिसक्दा पनि सभामुखको रिक्त पदको निर्वाचनलाई कारण देखाएर प्रतिनिधि सभा बैठक अवरुद्ध भइरहनु सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीको घोर अकर्मण्यताको परिणाम हो  । संसदमा अल्पमतमा रहँदा विभिन्न वहानामा संसद अवरोध गर्ने र स्पष्ट बहुमत रहँदा आफूहरु बीचको आन्तरिक विवादलाई केन्द्रीय विषय बनाएर संसदीय परिपाटीको धज्जी उडाउने क्रियाकलापबाट नेकपाको संसदीय व्यवस्था प्रतिको आस्थामा गम्भीर प्रश्न चिन्ह खडा भएको छ । यस गैरजिम्मेवार क्रियाकलाप प्रति नेपाली कांग्रेस संसदीय दल घोर आपत्ति प्रकट गर्दछ । तत्काल प्रतिनिधि सभाको बैठकको सञ्चालन गर्न दृढतापूर्वक माग गर्दछ । प्रतिनिधि सभाको आगामी माघ ६ गते बस्ने बैठकलाई सुचारु गर्दै सोही बैठकबाट सभामुख निर्वाचनको प्रकृया प्रारम्भ गर्न माग गरिन्छ । नेपालको संविधानको धारा ९१ को उपधारा (२) बमोजिम सभामुख र उपसभामुख फरक–फरक दलको हुनुपर्ने संवैधानिक व्यवस्थामा नेपाली कांग्रेस संसदीय दल आफ्नो दृढता दोहो¥याउँदै सोही मुताविक गर्न जोडदार माग गर्दछ । लामो प्रकृया पार गर्दै नेपालको हितमा कार्यान्वयनको दिशामा अगाडि बढेको अमेरिकी सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशनलाई तत्काल संसदबाट अनुमोदन गर्न माग गरिन्छ । साथै यस विषयमा कतिपय सञ्चार माध्यमबाट पार्टी सभापति एवं दलका नेता शेरबहादुर देउवाज्यू र अन्य नेपाली कांग्रेसका कतिपय सांसद तथा नेताहरुबाट आएको भनिएको यस विरुद्धको अभिव्यक्ति भ्रमपूर्ण र कपोकल्पित छ । यस सम्झौतालाई यथाशीघ्र सदनबाट अनुमोदन गर्ने पक्षमा नेपाली कांग्रेस रहेको पुनः स्मरण गराउन चाहन्छौं ।यही माघ ९ गते हुन गइरहेको राष्ट्रिय सभा सदस्य निर्वाचनमा वर्तमान सरकारको नेतृत्व गरिरहेको नेपाल कम्युनिष्ट पार्टीको संघीयता विरोधी रवैयालाई मतदानका माध्यमबाट यथोचित जवाफ दिन र  संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था र संविधानको रक्षाका निम्ति नेपाली कांग्रेसका उम्मेदवारका पक्षमा मदतान गर्न अन्य राजनीतिक दलहरु र मतदाताहरुलाई  नेपाली कांग्रेस संसदीय दल आग्रह गर्दछ ।बिज्ञेप्तीमा  भनिएको छ । 

,