चौसागढीवडा नं १४को आफ्नै भवन बन्दै




 सगुन बस्नेत
सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी  नगरपालीका वडा नं १४मा वडा कार्यलयको आफ्नै भवन बन्ने भएको छ  । वडाकार्यलय भवन निर्माण गर्नका लागी स्थानीय  अम्बर बहादुर नेपाल र कृष्ण बहादुर नेपालले जग्गा दान गर्नु भए पछी भवन बन्न लागेको हो । चौतारा साँगाचोकगढी नगरपालीका वडा नं १४का वडाअध्यक्ष शेर बहादुर श्रेष्ठले एक समारोहका बिच  आइतबार सिल्यान्यास  गर्नु भएको छ । भवन निर्माण गर्नका लागी चौतारासाँगाचोकगढी नगर पालीका बाट ४२लाख रुपैया अनुदान प्राप्त भए पछी  भवन निर्माण गरिन लागेको  अध्यक्ष श्रेष्ठ ले जानकारी दिनु भएको हो  ।

 यो  भवन निर्माण भए पछी डडुवा बासीहरुले आफ्नै भवनमा वडाकार्यलय राखेर सुबिधा पाउँने छन  भने हाल सामुदायक भवनमा कार्यलय राखी काम गरिरहेको छ । वडाकार्यलयको बिधिवत निर्माण कार्य शुरु भइ सकेको बताउँदै यसका लागी स्थानीयको तर्फबाट गर्न पर्ने हरेक सहयोग गर्नसबै  लागी पर्नु पर्ने अध्यक्ष श्रेष्ठले भवनको सिल्यान्यास गर्दै बताउँनु भयो । त्यस अबशरमा उँहाले आफ्नो कार्यकालमा जग्गा समेत दान दिएर वडाकार्यलय भवन निर्माण गर्नका लागी पहिलो सहयोग गर्नू भएका नेपाल द्धयलाइ धन्यबाद दिदै आगामी दिनमा पनि निरन्तर सहयोगका लागी अनुरोध गर्नु भयो ।  यसै बिच डडुवाको खानेपानीको समस्या समधान गर्नका लागी बिभिन्न कार्यहरु भैइ रहेको छ । पहिलो चरणमा खानेपानी टेङ्की निर्माण भएको छ भने अब दोश्रो चरणमा  खाने पानीका समस्या समधानका लागी बिषेश योजना हरु अगाडी सारिएको समेत बताउँदै शिक्षा तथा सस्कृत ,कृषी बिकासका लागी आफुहरुले सहयोग गरिरहेको बताउँनु भयो । यो  भवन यसै आर्थीक बर्षमा सम्पन्न गर्ने योजना रहेको छ ।

,