मोडल सुपर स्टार सिजन टु सम्पन्न

लोकप्रिय समाचार
सौन्दर्य प्रतियोगिता ‘मोडल सुपर स्टार’ सम्पन्न भएको छ । राजधानीमा शुक्रबार एक कार्यक्रमबीच मोडल सुपर स्टारको दोस्रो संस्करण सम्पन्न भएको हो ।

३२ जना अन्तिम प्रतिस्पर्धी रहेको प्रतियोगितामा मिष्टर मोडल सुपर स्टार रवीन घिसिङ हुनुभएको छ भने मिस मोडल सुपर स्टारमा सजना पन्त हुनुभएको छ ।
यस्तै प्रतियोगितामा पपुलर च्वाइस युवामा सुजन बस्नेत र युवतीमा आकृती सुवेदी हुनुभएको छ । यसै गरी अर्गेनाइजर च्वाइसमा युवातर्फ आशिष शाक्य र प्रशान्त शाह हुनुभएको छ भने युवतीतर्फ श्रृजना बस्नेत, सजिना सुब्बा र इच्छा अधिकारी हुनुभएको छ ।
यी विजेता प्रतियोगीले भारतको मुम्बइमा हुने मोडल सुपर स्टारमा भाग लिने आयोजक संस्थाकी प्रमिला सिलवालले बताउनु भयो । प्रतियोगिताको कोरियाग्राफी रोजिन शाक्य रहनु भएको थियो । कार्यक्रममा कमल खत्री, रेखा शाह, अञ्जना राई र दिपिका थापाले गीत सङ्गीत प्रस्तुत गर्नुभएको थियो । यो प्रतियोगिताका विजेताले फेबुअरी १४ मा मुम्बईमा हुने प्रतियोगितामा भाग लिने छन् र उहाँहरुले त्यहाँ उपाधि जित्ने आफूले आशा लिएको आयोजक संस्थाका निर्देशक रमेश शाहीले बताउनु भयो ।

, ,