स्वर्गिय गिरिको नाममा फाउन्डेसन खोलिने


रूपक पुरी
लोकप्रिय समाचार नेपाली काँग्रेस सिन्धुपाल्चोक क्षेत्र नम्वर २ का सभापति आईतमान तामाङले स्वर्गीय उदय गिरिको नाममा फाउन्डेसन खोली विकास निर्माणमा अघि बढ्ने प्रतिवद्दता जनाउनुभएको छ । नेपाली काँग्रेस मेलम्ची नगरको ९ नम्वर वडा समितिको आयोजनामा भएको नेपाली काँग्रेसका नेता एवम तत्कालीन ज्यामिरे गाविसका वडाअध्यक्ष स्वर्गिय उदय गिरिको १३ औ पुन्यतिथिको अवसरमा गरिएको श्रद्धाञ्जली सभामा बोल्दै तामाङले उक्त कुरा बताउनुभएको हो ।
कार्यक्रममा बोल्दै मेलम्ची नगर सभापति मधुसुदन सिग्देलले गिरिका अधुरा सपना पूरा गर्न सबै एक हुनुको विकल्प नभएको बताउनुभयो । श्रद्धाञ्जली सभामा बोल्दै नेपाली काँग्रेस जिल्ला कार्यसमितिका सल्लाहकार चन्द्रबहादुर तामाङ, वडाअध्यक्ष कमलवहादुर खड्का , जनता माविका प्रधानाध्यापक केदार विष्ट, विश्वनाथ कुईकेल लगायतले विकासप्रेमी ब्यक्ति भएकाले उहाँको निधनले ठुलो क्षति भएको धारणा राख्नुभयो । २०१७ साल भाद्र १५ मा जन्मिएका उदय गिरीको ५९ वर्षको उमेरमा निधन भएको थियोे  । उहाँको श्रीमती सहित ५ छोरा रहेका छन् ।बुवाको सम्झनामा छोराहरूले जनता माविमा अक्षयकोष खडा गर्न लागिएको बताउनुभएको छ । गिरिका छोरा निराजनले छिट्टै अक्षयकोष खडा गरि छात्रवृत्ति प्रदान गरिने बताउनुभयो । वडा ईकाइ सभापति ध्रुव वहादुर खड्काको सभापतित्वमा उक्त  कार्यक्रम सम्पन्न भएको थियो ।

, ,