कृषि विकास बैँक ५३औँ वर्षमा

लक्ष्मण विष्ट
लोकप्रिय समाचार
बैंकहरु मध्ये उत्कृष्टमा पर्न सफल कृषि बिकास बैंक ५३औं वर्षमा प्रवेश गरेको  छ ।
मंगलबार बैंकले प्रधान कार्यालय रामशाहपथमा अर्थमन्त्री युवराज खतिवडाको प्रमुख आतिथ्यतामा उद्घाटन गरेको हो ।

देशभर २७७ भन्दा बढी रहेका शाखाहरु मध्ये मेलम्ची शाखाले पनि भव्यताका साथ केक काटेर वार्षिकोत्सव मनाएको छ । शाखाले बैंकका असल ग्राहकहरु, शुभचिन्तकहरु र अन्यको बाक्लो उपस्थितीमा संयुत्त रुपमा केक काटेर मनाएको हो ।
मेलम्चीमा रहेका बैंकहरु मध्ये भरपर्दो र पछिल्लो समय ग्राहकहरुको मन जित्न सफल रहेको शाखा प्रबन्धक तोलाकान्त अधिकारीले बताउनुभयो । अब बैंकले अझै तीव्र गतिमा काम गरि ग्राहकको चित्त बुझाउने गरि काम गर्ने नव नियुक्त प्रबन्धक काजिराम थापाले प्रष्ट्याउनु भयो ।

,