गाउँको पैसा शहरमा होइन, शहरको पैसा गाउँमा ल्याउनुपर्नेः शेर बहादुर तामाङ

लोकप्रिय समाचार
अब गाँउका मानिसहरुले गाँउमा दुःख गरेर कमाएको पैसा शहरमा लगेर तरकारी किन्ने होइन गाउँमा उत्पादन भएका तरकारी शहरमा बेचेर शहरको पैसा गाउँमा ल्याउनुपर्ने पुर्व कानुन मन्त्री माननीय शेर बहादुर तामाङ्गले बताउनु भएको छ । उँहाले उक्त कुरा सिन्धुपाल्चोक जिल्ला ठुलोसिरुवारीमा आयोजित कार्यक्रममा बताउनु भएको हो ।

गाउँका किसानका छोराछोरी विदेशमा गएर भेडा बाख्रा चराउने, कृिषमा काम गर्ने गरेका छन् तर आफ्नो गाउँमा काम गर्न पछि परेका हुन्छन् भन्नु हुँदै यो समस्या भनेको आर्थिक लगानीको भएकाले यो लगानी गर्न स्थानीय, प्रदेश, र संघिय तिनैवटा सरकार तयार रहेको बताउनु भयो ।
वर्तमान सरकारले कृषि पेशामा काम गर्नका लागी दिने अनुदानका साथै वित्तिय संस्थाहरुले दिने गरेको न्यूनतम ब्याजका रकमहरुको सदुपयोग गरेर कृषि उत्पादनमुलक काममा लाग्न अनुरोध गर्नु भयो ।
उँहाले विदेशका केही मुलुकहरुले नेपालबाट गएका नागरिकहरुलाई काममा लगाएर माटो समेत अन्य मुलुकबाट ल्याएर खेती गरि उत्पादन गरेका सामाग्रीहरु वितरण गरिरहेको स्पष्ट पार्दै हामी नेपालीलाई आफ्नै जमिनमा उत्पादनमुलक काम गरेर आयआर्जन गर्नका लागी नयाँ–नयाँ प्रवृिद्धको विकास भइसकेको समेत बताउनु भयो । उहाँले अब देशका युवा शक्ति विदेशमा होइन नेपालमै खट्नुपर्ने बताउँदै उच्च शिक्षमा रहेका मानिसले कृषि काममा प्रोत्साहन दिनुपर्ने बताउनु भयो ।
राज्यले शिशु कक्षा देखी ५ कक्षा सम्मका विद्यार्थीलाई दिवा खाजाको व्यवस्था गरेको छ । त्यो दिवा खाजामा बिस्कुट चाउचाउ होइन स्थानीय स्तरमा नै उत्पादन भएका गहुँ, मकै कोदोको परिकारहरु खुवाउन समेत सबैलाई अनुरोध गर्नु भयो ।
कार्यक्रममा विशेष अतिथीको आसनबाट बोल्दै चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख अमानसिं तामाङ्गले नगरपालिकाबाट कृषि पेशामा काम गर्नेलाई कृषिसँग सम्बन्धित हरेक क्षेत्रमा सहयोग  गरिरहेको बताउनु भयो । उँहाले नगरवासी आफ्नो मालिक भएको र मालिक बलियो भयो भने मात्र आफु बलियो हुने हुँदा मालिकको आर्थिक उन्नतिका लागी सहयोग गरिरहेको बताउनु भयो ।
उहाँले पशुपालन गर्ने दुग्ध उत्पादक कृषकलाई गाई, भैँसी खरिदमा अनुदान दिनुका साथै दुध बिक्री गर्दा पनी किसानलाई दुध बेचेको मुल्यमा थप प्रतिलिटर तिन रुपैयाँका दरले प्रोत्साहन बापत नगद दिने भएकाले व्यवसायिक पशुपालनमा लाग्न अनुरोध गर्नु भयो ।
उँहाले नगरका हरेक क्षेत्रमा तरकारी सङ्कलन केन्द्रको स्थपना गरेर किसानबाट उत्पादन भएका सामग्री खरिद गरिदिने ब्यबस्था भएको बताउँनु भयो ।
विशेष अतिथी केन्द्रीय सहकारी संघका अध्यक्ष तथा सानाकिसान  बिकास बैङ्कका अध्यक्ष खेमबहादुर पाठक ले सहकारिताको माध्यमबाट गरेका कामहरु सही हुने बताउँदै सहकारीमा लाग्दा जानी बुझी गर्नुपर्ने बताउनु भयो ।
उँहाले सहकारीका मालिक भनेकै शेयर सदस्य भएको स्पष्ट पार्नु भयो । वडा नं ५ का वडाध्यक्ष नरमान श्रेष्ठले गाँउका किसानले उत्पादन गरेका सामग्री सँधै ताजा हुने हुँदा यसको  उत्पादन तथा व्यवस्थापनमा सबैले ध्यान दिनुपर्ने बताउनु भयो ।
कार्यक्रममा वडा नं १३ का अध्यक्ष रामप्रसाद गौतमले ठूलोसिरुवारीमा साना किसान कृषि सहकारी सस्ंथाको स्थापना गर्दाका बारेमा चर्चा गर्दै नगरपालिकाले यस्ता सहकारीहरुलाई प्रोत्साहन दिदै अब किसानले उत्पादन गरेका तरकारी खेर जान नदिन तरकारी संङ्कलन केन्द्र स्थापना गर्न लागेको बताउनु भयो ।
कार्यक्रममा सुर्यमुखी साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष  मित्रलाल चौलागाईँले ठूलोसिरुवारी साना किसान कृषि सहकारी संस्थालाई अनुसरण कार्यक्रम गरि सफलता हासिल गरेकोमा आफुलाई खुशी लागेको बताउँदै अरु संस्थाहरुलाई पनि सक्षम बनाएर हस्तानान्तरण गर्ने योजना रहेको बताउनु भयो । 
संस्थाका अध्यक्ष कुल प्रसाद दाहालको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रमको सञ्चालन सचिव होमनाथ चौलागाईँले गर्नु भएको थियो । सेतीदेवी माध्यामिक विद्यालयको प्राङ्गणमा भएको कार्यक्रममा कलाकार पुरुषोत्तम भण्डारीको सन्देशमूलक प्रस्तुतीले मनोरञ्जन गराएको थियो ।
कार्यक्रममा उपस्थितीलाई संस्थाका उपाध्यक्ष रामप्रसाद चौलागार्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्ईँले स्वागत मन्तव्य राख्नु भएको थियो  भने व्यवस्थापक करुणा तामाङ्गले संस्थाको गतिविधी बारे जानकारी गराउनु भएको थियो ।
सो अवसरमा साना किसान विकास लघुवित्त वित्तिय संस्थाबाट रु.पैतिस लाखको चेक समेत हस्तानान्तरण गरिएको थियो ।

, , ,