मोटरसाइकल चोरी गरी बिक्री वितरण गर्ने पक्राउ

लोकप्रिय समाचार
काठमाण्डौ उपत्यकाका सार्वजनिक पार्किङ क्षेत्रबाट मोटरसाइकलहरु चोरी गरी ग्रामीण भेगमा लगी बिक्री वितरण गर्ने गिरोहका सदस्य पक्राउ परेका छन् । सिन्धुपाल्चोक जिल्ला बलेफी गाउँपालिका वडा नं. ६ अँधेरी स्थितमा बेलेफीबाट अँधेरीतर्फ आईरहेको २ वटा मोटरसाईकल रोकी चेकजाँच गर्ने क्रममा दोलखा जिल्ला कालिञ्चोक गाउँपालिका वडा नं. ३ बस्ने वर्ष १९ को अब्राहम थामी र ऐ.ऐ. बस्ने वर्ष १९ को आकाश खड्का मोटरसाईकल छाडी भाग्न लागेको अवस्थामा निजहरुले चलाई ल्याएको बा ३८ प ९४०७ को (ज्यलमब कजष्लभ) र बा ४१ प ६८३६ नं.को १५० अअ को कालो पल्सर मोटरसाईकल समेत नियन्त्रणमा लिई अनुसन्धान गर्दा निजहरु चोरी कार्यमा बिगत १ वर्ष  देखी संलग्न रहेको भन्ने खुल्न आएकोले निजहरुले मोटरसाइकल हालसम्म बिक्री वितरण गरेका मोटरसाईकल बा ६० प ११३५ नं.को १५० अअ को पल्सर, बा ६२ प १७४२ नं को १५० अअ को पल्सर, बा २८ प ३०८२ को १६० अअ को अपाची, बा ६२ प ६०५२ नं.को २२० अअ को पल्सर, बा ३५ प ६८३५ नं.को १५० अअ को पल्सर, बा ४५ प ४७०३ नं.को १५० अअ को च्ज्ञछ र बा ५८ प ८६५० नं.को १५० अअ को ज्यलमब मोटरसाईकल समेत जिल्ला प्रहरी कार्यालय दोलखासँग समन्वय गरी नियन्त्रणमा लिईएको । अनुसन्धानको क्रममा निजहरुबाट थापाथली स्थित परोपकार प्रसुती गृहको पार्किङ स्थलबाट बा ४१ प ६८३६ नं. को मोटरसाइकल र राष्ट्रिय ट्रमा सेन्टर काठमाण्डौ अगाडी पार्किङ गरी राखेको बा ३८ प ९४०७ को मोटरसाइकल चोरी भएका मोटरसाईकलका धनीहरुले निजहरुको विरुद्धमा मोटरसाइकल चोरी कसूरमा महानगरीय प्रहरी वृत सिंहदरबार, काठमाण्डौ र महानगरीय प्रहरी वृत जनसेवा काठमाण्डौमा जाहेरी दरखास्त दिएकोले निज प्रतिवादी आकाश खड्का र अब्राहम थामीलाई थप अनुसन्धानको लागी बरामद भई आएको मोटरसाईकल सहित महानगरीय प्रहरी वृत जनसेवा काठमाण्डौंमा पठाएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोक सूचना अधिकारी प्र.ना.उ. माधव प्रसाद काफ्लेले जानकारी दिनुभयो ।


,