प्रदेश स्तरीय भलिबल सुरु, खेल हाम्रो गहनाः नगर प्रमुख तामाङ

लोकप्रिय समाचार
मानिसको लागी खेल सबै भन्दा राम्रो गहना भएको चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख अमानसिं तामाङ्गले बताउनु भएको छ । उहाँले प्रदेश नं. ३ स्तरीय पुरुष भलिबल प्रतियोगिताको उद्धाटन गर्दै यस्तो बताउनु भएको हो ।

चौतारा साँगाचोकगढी नगरपालिका ७ स्थित सानो सिरुवारीमा आयोजित कार्यक्रममा बोल्दै तामाङ्गले नगरपालिकामा विभिन्न पहिचानयुक्त खेलको आयोजना गरेर नगरलाई चिनाउनका लागी परेका सम्पूर्ण खेल प्रमीलाई धन्यवाद दिदै खेलले नै मानिसलाई स्वस्थ र अनुशासित बनाउने बताउनु भयो । खेल नखेल्ने मानिस प्रायः रोगी हुने हुँदा रोगबाट बच्नका लागी पनि खेलको आवश्यकता भएको बताउनु भयो ।
कार्यक्रमका विशेष अतिथी चौतारा साँगाचोकगढी नगरपालिका वडा नं ७ का वडाअध्यक्ष उमा प्रसाद दुलालले हरेक क्षेत्रमा गर्ने गरेको विकासका कार्यक्रमहरु फलदायी भएकोमा खुशी व्यक्त गर्दै  खेलकुदको समेत कार्यक्रम गरेर सानो सिरुवारीलाई विश्व सामु चिनाउने प्रयास गरेकोमा आयोजकलाई धन्यबाद दिनु भयो । उँहाले सानोसिरुवारीको मात्रै नभई जिल्लाकै गौरवको खेलकुद प्रतियोगिता भएको बताउनु भयो । भदौरे गणेश सामाजिक संस्थाको आयोजना र नेपाने युथ क्लबको सह आयोजनामा हुन लागेको प्रथम भदौरे गणेश कप शनिबारबाट शुरु भएको छ । भ्रमण वर्ष २०२० को सफलताको लागि सिन्धुपाल्चोक सहित चौतारा साँगाचोकगढी नगरपालिका र सानोसिरुवारी क्षेत्रका पर्यटकीय महत्वका सम्पदाको प्रचारप्रसार गर्नका लागि यो प्रतियोगिता सञ्चालन गरिएको आयोजकले जनाएको छ । अध्यक्ष रविन गौतमले प्रतियोगितामा प्रथम हुने टिमले दुई लाख दुई हजार बीस रुपैंया नगदका साथ ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् भने दोस्रो हुने टिमले भने एक लाख एक हजार दश रुपैंया नगद पुरस्कारका साथमा ट्रफी, मेडल र प्रमाण पत्र पाउने बताउनु भएको छ । प्रतियोगितामा सहभागी हुने सबै खेलाडी तथा प्रशिक्षकलाई आवास तथा खानाको व्यवस्था समेत आयोजक संस्थाले नै व्यहोर्ने छ भने पर्यटकीय स्थलको चिनारी झल्काउने प्रचार समाग्री समेत प्रदर्शन गरिने कार्यक्रम रहेको छ ।

, ,