बाह्रबिसे नगरपालिकामा तालाबन्दी

लोकप्रिय समाचार
बाह्रबिसे नगरपालिकामा स्थानीय  बजार वासीद्वारा तालाबन्दी गरेको समाचार  प्राप्त भएको छ । हामीलाई  प्राप्त समाचार अनुसार नगरपालिकाले  घर टहरा भत्काउने नाममा बजार वासीलाई दुःख दिएको भन्दै तालाबन्दी गरेको हो । नगरपालिकाले  शुक्रबार सडक अतिक्रमण गरेर निर्माण गरिएको टहरा घर भत्काउन डोजर प्रयोग गरेको थियो । नगरपालिकाले  माइकिङ्ग समेत गरेर जानकारी गराएको र पटक पटक सूचना समेत जारी गरेको  नगर कार्यपालिकाको बैठकको निर्णय अनुसार घर टहरा भत्काउन लागेको  जनाएको छ भने बजार वासीले भने सूचना जारी गरिएको भएता पनि कति मापदण्ड रहने भन्ने विषयमा अलमल्ल परेको कारण विवादको स्थिति श्रृजना भएको बताएका छन् । शनिबार बजार  असन्तुष्ट वासहीरुले नगरपालिकामा तालाबन्दी समेत गरे पछि नगर प्रमुख निमफुञ्जे शेर्पाले आफु कुनै पनि बेला छलफलमा बसेर समस्याको समाधान गर्न तयार रहेको तर नगरका वडाध्यक्ष नगरपालिका कार्यपालिकाको  निर्णय कार्यन्वयन गर्नुपर्ने भएकाले निर्णय विरुद्ध जान नसक्ने बताउनु भयो। उहाँले समृद्ध नगर निर्माणको लागि नगरपालिकाको नीति निर्णय कार्यान्वयन गर्नु सबैको दायित्व रहेको बताउँदै आफु नगरपालिकाको अहितमा हुने कुनैपनि कुरामा सम्झौता नगर्ने बताउनु भयो ।

, ,